ananta gurung

भष्मासुर अझ पनि जीवितै

राजनीति समाचार

पशुपति आर्यघाटमा अझपनि भष्मेश्वर घाट छ जहाँ महादेवलाई मार्नको लागि लखेटी हिडेको असुर भष्मासुरलाई भगवान बिष्णुले मोहिनी रुपधारण गरी नाचगानमा फँसाएर भष्मासुर स्वयमबाट भष्मासुर स्वयमलाई नै भष्म तुल्याएका थिए । भष्मासुरको दाहिने हात जसको सिरमा राख्यो त्यो नै भष्म भईजाने वरदान महादेवबाट नै भष्मासुरले पाएका थिए । भष्मासुरले त्यस्तो शक्तिशाली बरदान पाईसकेपछि त्यसको परिक्षण गर्ने मनसुवा हुँदा पहिले त्यस्तो बरदान दिने महादेवको शीरमा नै दाहिने हात राख्न तयार भयो ।

त्यो देखि सर्वशक्तिमान ईश्वार महादेव डराएर भष्मासुर देखि लुक्दै भाग्दै हिड्न थाले । संसारकै चक्कर लगाईसक्दा पनि भष्मासुरले पिछा गर्न नछाडे पछि श्री महादेव पूर्वी नेपालको हलेसी भन्ने ठाउँको एक गुफामा प्रवेश गरी लुकेका थिए । त्यहाँ पनि भष्मासुरले पत्तालगाएर आएपछि गुफाको सिधै माथि फोडेर आकास मार्गबाट श्री महादेव भागेका थिए । भाग्दा भाग्दा थकित भएपछि श्रीमहादेवले भगवान बिष्णु सित आफुलाई भष्मासुरबाट बचाउनको लागि प्रार्थना गर्नु भयो । संसारको पालन कर्ता श्रीहरि बिष्णुले पनि मोहिनी रुप धारण गरी श्री महादेवलाई खेदीरहेका भष्मासुर सन्मुख प्रकट्ट हुनु भयो । अति राम्री सुन्दरीलाई आफ्नो सामु देखेपछि भष्मासुर मोहित भएर मोहिनी रुपी श्री बिष्णु संग गफिन थाल्यो ।

मोहिनी रुप श्री बिष्णुको हाउभाउ, कटाक्ष र नृत्य देखेपछि असुर भष्मासुर मोहित भएर मोहिनीको नाचको ताल र सुरमा आफुपनि रमिन थाले । त्यो अन्त कतै नभएर हालको आर्यघाटमा रहेको भष्मासुर घाट नै थियो । मोहिनी रुपी भगवान बिष्णुले कहिले आफ्नो दाहिनेहात कम्मरमा राख्ने, कहिले काँधमा र कहिले शीर माथि राखेर नाच्न थालिन । असुर भष्मासुर पनि महिनीले जसरी नै आफ्नो दाँया हात कहिले कता र कहिले कता राखेर नाच्न गाउँनमा लिन भए । यसरी मोहिनी रुप श्री बिष्णुको करियोग्राफी अनुसार नाच्दा नाच्दै पत्तै नपाई भष्मासुरले आफ्नो दाहिने हात आफ्नो शीर माथि लान्छ र श्री महादेवले दिनु भएको बरदानको प्रभावले आफै जलेर खरानी हुन्छन । यो त पौरानिक कालको कुरा भयो तर वर्तमान कालका भष्मासुरहरु त्यस्तो मूर्ख छैन । वैदिक पुराण र इतिहास पढेर धेरै ज्ञान र अनुभव बटुलेका छन । अहिलेका नेपाली जनताले दलका शीर्ष नेता प्रधानमंत्री ओलीलाई भष्मासुर उपनाम राखी सोही नामले बारबार सम्बोधन गर्ने गरेकाछन । कागताली पनि कस्तो हो उहाँ प्रधानमंत्री भएकै बेला २०७२ सालको बैशाख महिनामा नेपालमा महाभूकम्प गयो ।

त्यसैगरी उहाँ नेपालको प्रधानमंत्री भएकै बेलामा नेपालमा कोभिड १९ को महामारी फैलियो र १० हजार प्लस नेपाली जनताको ज्यान लियो । हाल २०८१ साल असोज महिनामा पनि उहाँ नै नेपालको प्रधानमंत्री हुनुहुन्छ र खोला पहिरोले २०० प्लस नेपाली जनताको ज्यान लिनको साथै लाखौंलाई घरपरिवार बिहिन तुल्याई दिएको छ । यिनै कारणहरुले गर्दा प्रधानमंत्री ओलीलाई नेपाली जनताले भष्मासुर भनेका हुन । मान्छेको सोच्ने र व्यवहारिक काम गर्ने वा गराउने तरिका उसको संगत अनुसार नै हुने गर्दछन । संगतले गर्दा मानिसहरु बिग्रिन र गलत काम पनि गर्न सक्दछन ।

त्यसकारण मानिसहरुले संधै आफ्नो कार्य व्यवहार सन्तुलित तुल्याएर अगाडि बढ्ने प्रयत्न गर्नुपर्दछ । यदि यस्तो सन्तुलन कसैले आफ्नो जीवनमा कायम गर्न असफल भयो भने उ भष्मासुर भएर निस्किन्छ र अनावश्यक गलत कार्यमा उल्झिदै आफ्नै हानी नुक्सानी गर्न उद्दत हुन्छन । नेपालको राजनीतिक दलहरुमा त्यस्तो किसिमको असन्तुलन आएको देखिन्छ । आफुलाई महान कम्युनिष्ट ठान्ने तर कार्य व्यवहारमा भौतिक भोगबिलासवादी बनेर सुन तस्करी, मानव तस्करी र बलात्कारी जस्ता जघण्य अपराधमा लाग्दै जाने । आजको सन्दर्भमा असुर भष्मासुर भनेको अरु कोही होइन दलहरु नै हुन । दलका शीर्ष नेताहरु असुर भष्मासुर बनेर बिदेशीको निर्देशन अनुसार काम गर्दै नाच्दै गाउँदै जाँदा नेपालमा दलहरु नै भष्म हुने अवस्था निर्माण भएको छ ।

बोकेको कुकुरले सिकार मार्दैन भन्ने कथन जगजाहेर नै छन । त्यसकारण बिदेशीले बोकेको र त्यसैको नीति र निर्देशन अनुसार चल्ने नेपालका राजनीतिक दलहरुले नेपालको बिकास कहिले पनि गर्न सक्दैन । नेपाली जनताले दलका नेताहरुलाई नेपालमा भ्रष्टाचार र आर्थिक अपराध बढ्यो भन्दै आएको लामो काल नै गुज्री सक्यो । तैपनि दलहरुले नेपाली जनताको आवाज एउटा कानले सुन्ने र अर्को कानवाट उडाउने गर्दै आएको हुँदा नेपालमा जताततै भ्रष्टाचार नै भष्टाचारको अवस्था श्रृजना हुन पुग्यो ।

असोज महिनाको बर्षा र त्यसपछि सुरु भएको खोला पहिरोले दलका नेताहरुलाई नाङ्गेझार पारी दिएकोछ । नेपालमा भुषको आगो झै भित्रभित्रै फैलिएको भ्रष्टाचारको प्रभाव नेपालको पूर्वाधार बिकासमा प्रष्ट सित देखिएका छन । भ्रष्टाचारले गर्दा कमजोर बनेका पूर्वधारको संरचनाहरु धेरैलाई खोलाहरु र पहिरोहरुले बगाई दिएका छन । राजतंत्रको नेतृत्वमा चलेको पञ्चायतकालमा बनेका पूर्वाधारका संरचनाहरु अझपनि जस्ताको तस्तै छन भने अहिले भष्मासुर दलहरुले नयाँ बनाएका पूर्वाधार संरचनाहरु भने अत्याधिक प्रभावित भएकाछन । दलहरु आधुनिक कालका भष्मासुर नै भएको किटान गर्न सकिन्छ किनकि दलहरुले आफ्नै राष्ट्र नेपाल र नेपाली जनताको भविष्य सित खेलबाड गर्ने काम गरेकाछन ।

यस्तो आफ्नो खुट्टामा आफैले बञ्चरोले हान्ने काम नेपालका राजनितिक दलहरु बाहेक अरु कसैलेपनि गर्न सक्ने संभावा छैन । नेपालका राजनीतिक दलहरु नेपाली जनतालाई खुशी तुल्याउनको साटो बिदेशीको पाउ दाव्न र तिनीहरुलाई खुशी तुल्याउन आफैलाई अहोभग्य ठान्दछन । पौराणिक भष्मासुरले पनि आफ्नो शक्तिको दुरुपयोग गरी कहिले पनि नभेटेको वा नदेखेको महिनीको ईशारामा काम गर्दा र नाच्दा आफैलाई भष्म तुल्याएका थिए । नेपालको राजनीतिक दलहरु पनि त्यसरी नै मोहिनी रुपी बिदेशीहरुको ईशारा र नाचगानमा रम्दै र चल्दै आएको हुँदा एकदिन आफै भष्म भएर सकिने निश्चित भएकोछ । दलका शीर्ष नेताहरु देखि लिएर जनप्रतिनिधिहरु सम्मका काम गर्ने वा गराउने ढंग छैन । तजबिजमा आआफ्नो सुरुची अनुसार देश चलाउन र हाँक्ने प्रयासमा लागेकाछन । राष्ट्रको समग्र शासकिय स्वरुपलाई दलहरुले आफुलगायत आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई जागिर खुवाउने गरी निर्धारण गरेका छन् ।

यस्ता स्वार्थी राजनीतिक दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको भविष्य सुनिस्चित पार्ने गरी नेपालमा प्रणालीगत कार्यशैलीलाई स्थापित हुन दिएका छैनन् । पहिले राजतंत्र र पञ्चायत कालमा स्थापना गरिएका सबै प्रणालीगत कार्यशैली र ढाँचालाई ध्वस्त पारीसकेको र नयाँ त्यस्तो प्रणालीगत संरचना बन्न वा बनाउन दलहरुको राजनीतिक नेतृत्वले नै रोक्ने सक्रिय हस्तक्षेप गरेको हुँदा नेपालमा कानुनी राज होइन गम्भिर अराजकता फैलीएको छ । मनमौजी किसिमले आफ्नो तजबिज अनुसार काम गर्न र गराउनको लागि कोटेशनमा गराउन सकिने कामहरु र सेवाहरुको माथिल्लो सीमा वा हद बढाएका छन । त्यसै गरी उपभोक्ताले गर्न पाउने ठेकाको कामको लागत सीमा पनि ३ करोड पुर्याएका छन ।

फलस्वरुप योग्यता र प्रतियोग्यता अनुसार नेपालमा काम र सेवा गर्नै नपाउने अवस्था निर्माण भएकोछ । उफभोक्ता समिति भनेको दलहरुको कार्यकर्ताहरुलाई ठेकाको काम दिनको लागि बनाउने गरिन्छ । ठुला लागत भएको निर्माणको काम वा सेवालाई पनि अनेक टुक्रा पारी मनमौजी हिसाबले आआप्नो तजबिजमा आफ्नो आफन्त र दलकाका कार्यकर्ताहरुलाई मिलाएर दिने गर्दै आएका छन । यस्तो गैरकानुनी आरक्षण र तजबिजी कार्य व्यवहारले गर्दा नेपालको उदारवादी स्वतंत्र बजार अर्थतंत्र नाममात्रको जस्तो मात्रै सावित भएका छन । यसतो अप्रत्येक्ष आरक्षणको लाभ सबै राजनीतिकदलहरुको कार्यकर्ताहरु र निजामती हाकिमहरुले मात्रै अहिले सम्म उठाईरहेका छन । साधारणतय सोच्दा नेपालका सबै राजनीतिक दलहरु नै सामुहिक रुपमा भष्मासुर भएपनि ठोश रुपमा भन्नु पर्धा राजनीतिक दलका शीर्ष नेताहरु मद्धे हालका प्रधानमंत्री ओली नै सबै भन्दा श्रेष्ट भष्मासुर हुन ।

दलका भष्मासुरहरुले नेपाल राष्ट्र र नेपाली जनताको भविष्यलाई मात्र नभएर उहाँहरुको आफ्नै भविष्यलाई पनि भष्म पार्दै लगेकाछन । नेपाली जनता चनाखो भएर त्यस्ता भष्मासुरहरु देखि नेपालको इतिहास र धर्मलाई बचाउने प्रयासमा लगी हाल्नु पर्छ ताकि दलहरु भष्मभए पनि नेपाली जनताको सुन्दर शान्त र बिशाल नेपालमा आकासमा घाम जुन रहेसम्म अकंटक अभिनासी सदा बनी रहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *