सर्वाेच्चमा कांग्रेसको गुट

राजनीति समाचार

काठमाडौं । कांग्रेसका नेताहरू एकले अर्काको खेदो खन्न सक्रिय छन् । सरकारमा कांग्रेसका १० मन्त्री छन् । तिनको उपस्थिति कतै गणनालायक छैन। केही काम देखाउन स्वास्थ्यमन्त्री र कुटनीतिक सम्बन्धमा परराष्ट्र मन्त्री सक्रिय छन् । तर गृहमन्त्रीको नालायकीपनका कारण प्रहरी संगठन ध्वस्त भएको छ । अहिले कांग्रेस के हो त्यो देखिँदै गर्दा कानुनी क्षेत्र बदनाम भएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले सर्वाेच्चमा ६ जना न्यायाधीश पद खाली हुँदा २ जना न्यायाधीशको छनौट गरेपछि नेपाल बारका अध्यक्षले शंका गरे ।

कांग्रेसको देउवा पक्षका प्रधानन्यायाधीश श्रेष्ठका विरुद्ध डा.शेखर निकट बार अध्यक्ष गोपाल कृष्ण घिमिरेका बिचमा भिडन्त छ । घिमिरेले लेनदेन गरेर २ जना न्यायाधीश बढुवा हुन सर्वाेच्चमा ४ न्यायाधीश पद रिक्त हुनुमै शंका बढायो । घिमिरेको नेतृत्वले न्यायापरिषद्ले न्यायाधिश छनौट गर्दा बारका माग व्यवस्था गर्नुपर्छ भन्दैछ । प्रधानन्यायाधीश पदको गरिमा पैसासँग साट्ने काम दामोदर उपाध्यायको पालाबाट भएको हो ।

त्यो स्थितिलाई चोलेन्द्र शमशेर जबराले उल्का बनाए । चोलेन्द्रले पैसा लिएर सार्वजनिक सम्पत्ति व्यक्तिलाई सुम्पने भ्रष्टाचार सम्बनधी अदालती मुद्दाको छिनोफानो गर्दा पैसा कबोल गर्ने चलन ल्याएका हुन् । एमाले र कांग्रेसको कब्जामा रहेका अदालत, सेना, प्रहरी, निजामती सेवा ध्वस्त छन् । भन्सार र राजस्वमा सेटिङमा मिलाएर तस्कर िछुट दिने चलन सरकारले स्थापित गरेको छ । अदालती झगडामा नेपाली कांग्रेसको गुटीय लडाइँ देखिन्छ । अध्यक्ष घिमिरेविरुद्ध अपहेलनाको मुद्दा दर्ता छ । प्रधानन्यायाधीश श्रेष्ठ असोज २० गते अवकाश लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *