विचार नै नगरी दल फुटाउने ओली

राजनीति समाचार

काठमाडौं । दल फुटाएर भए पनि ठूलो पार्टीको नेताले प्रधानमन्त्री पदमा रहने प्रम केपी ओलीको योजनाले मूर्त रुप पाउने बलियो आधारहरु बन्दैछन् । दशैंको विदा भएपछि एकीकृतका विरुद्ध टेलिभिजनहरुमा समाचार आए । ती समाचारले माधवको कलम पार्टीलाई ठूलै तरंग ल्यायो । दैलेखका अमर थापा, रामकुमारी महासचिव, प्रेम आले वरिष्ठ उपाधयक्षको पद बाँडेर कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी, धनबहादुर बुढासमेत त्यो समाचारको पात्र बने ।
कांग्रेसका सभापतिले प्रधानमन्त्री केपी ओलीका कामलाई साथ दिने कुरा विश्वास गरिन्न ।

तर लोसपाका शरदसिंह भण्डारी र सर्वाेन्द्रनाथ शुक्ला राप्रपाबाट विक्रम पाण्डे, भूवन पाठकजस्ता व्यक्तिलाई कांग्रेसमा मित्र्याइने चर्चा चल्दा शेरबहादुर पनि सोझिएका छन् कि भन्ने हल्ला चलाइयो । तर त्यो हल्ला सरकरको नियोजित योजना भएको स्पष्ट भयो । एमालेकै विचार नेता भर, देश टाट पारौं भन्ने सिद्धान्तको आधारमा पार्टी चलाएर चल्दैन ।

एमालेबाट बाहिर रहेका ठाउँ नपाएका वामदेव गौतम, डा.भिम रावलहरुको रहर नेकपा एकीकृतमा प्रवेश गरी समाजवादी धारको विकास गर्नेमा छ । तर आफ्नो पद सुरक्षित नहुने भएकाले राजेन्द्र पाण्डेहरुको घेराबन्दीले अध्यक्ष माधवलाई निर्णय गर्न नसकिने बनाएको छ । विद्यार्थी आन्दोलनको जस्तो हाहा र हुहुले पार्टीमा ठाउँ लिन सकिन्न भन्ने कुरा रामकुमारीहरुले चेतेका छैनन् । पार्टी बैठकमा आफुले गल्ती गरेमा अब गर्दिन भन्ने रामकुमारीलाई समेत एमालेमा ल्याएर उपलब्धी के हुन्छ जाँचबुझसम्म ओली गुटले गरेन । किनकि जो पद छाड्दा रुन्छ, त्यसले कुर्सीलाई महत्व दिन्छ भन्ने देखियो ।

एमालेमा सांसदहरुको खाँचो छ । ठूलो पार्टी बन्न अशोक राईका सात र नेकपा एककिृतका ५ जना गरी १२ जना छन् । यी सांसद थपिँदा ७९ मा ९१ सांसद हुने हो र कांग्रेस ८९ सांसदमा राप्रपा र लोसपाबाट थपिए भने ५ जना हुन् । ९४ जना सांसद त्यहाँ हुनेछन्, एमाले हिसाब गरी साना दलमा प्रहार गर्दैछन् । प्रम ओलीको योजना नै त्यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *