माफियाको इसारामा चल्दै स्वास्थ्यमन्त्री पौडेल

राजनीति समाचार

काठमाडौंं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेको तीन महिना पुरा भइसकेको छ । मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्रीहरुले भन्दा स्वास्थ्य क्षेत्रलाई केही चलायमान बनाएको भनिए तापनि स्वास्थ्य क्षेत्रभित्र भएको भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न सकेका छैनन् । स्वास्थ्य माफियाहरुले नै स्वास्थ्यमन्त्रीलाई गुमराहमा पारिराखेका छन् । अधिकांश फार्मेसी सञ्चालकहरुले होलवडी चेकको लागि ४ हजार ५ सयदेखि ७ हजारसम्म असुलिरहेका छन् । होलवडी चेकिङ्ग गर्दैमा मानिस सधैं स्वास्थ रहन्छ भन्ने हुँदैन । त्यसमा घाँटीभन्दा चेकिङ्ग गरिँदैन । मन्त्री पौडेलले गुणस्तरहीन औषधि विक्रीवितरण गर्ने औषधि व्यवसायी र फार्मेसीको अनुगमन गर्न पनि सकेका छैनन् ।

उता निजी अस्पतालहरुमा मनोमानी ढंगले शुल्क असुल्ने र उपचारमा लापरवाही गर्ने काम भइरहेको छ । सरकारी अस्पतालहरुमा उपचारमा हेलचेक्र्याईँ भइरहेको छ । अधिकांश सर्वसधारणले स्वास्थ्य बीमा गरेकार छन् तर त्यसबाट पाउनुपर्ने सुविधा भने उपभोग गर्न पाएका छैनन् । अस्पतालमा काउन्टर खडा गरेर स्वास्थ्य बीमाको सेवा छ भनिए तापनि सेवाग्राहीले सेवा लिन जाँदा फलानो ठाउँबाट रिफर चाहिन्छ नभए पैसा तिर्नुपर्छ भनिन्छ । स्वास्यमन्त्री र मन्त्रालयका कर्मचारीहरु ठूलोठूलो स्वरमा हामीले सर्वसाधारणलाई स्वास्थ्य बीमा गराएर सुविधा दिएका छौं भनेर भाषण गरिराखेका हुन्छन् । त्यस्तै सरकारी अस्पतालमा होलवडी चेक गर्दा ३ हजार ५ सयदेखि ५ हजारसम्म असुली गरिराखेका छन् । उता सरकारी स्वामित्वमा हरेका कान्ती बालअस्पतालको अवस्था झन् डरलाग्दो छ । कान्तीमा न त समयमा डाक्टर नै उपस्थित हुन्छन् न त गुणस्तरीय उपचार नै हुन्छ ।

अस्पतालका बेड, तन्दा, बाथरुम, परिसर फोहोरको ढुंगुरले भरिभराउ छ । बालबालिकाको स्वास्थ्य परीक्ष र रेखदेख पनि राम्रो छैन । उपचार खर्च पनि त्यत्तिकै महंगो छ । सरकारी अस्पतालमा ढिलासुस्ती र उपयुक्त उपचार नभएपछि सर्वसाधारणहरु निजी अस्पतालमा जान वाध्य छन् । खासगरी कान्ती बालअस्पतालबाट रिफर गरिएका बालबालिका स्वास्थ्य परीक्षणमा ढिलासुस्ती र हेलचेक्र्याईँ भएर दिक्दार बनाएर ती बिरामीका आफन्तलाई बसुन्धारामा रहेको इसान बाल अस्पताल लान सिफारिस गर्ने गरिन्छ ।

कान्ती अस्पतालबाट बिरामी रिफर गरेर पठाएबात चिकित्सक र कर्मचारीहरुले इसान बाल अस्पतालबाट कमिसन खाने काम गर्दै आएको स्रोतको भनाइ छ । सरकारी अस्पतालहरुमा यस्ता समस्या भइरहँदा मन्त्री पौडेल मुकदर्शक बनेर बसिरहेका छन् । अहिले स्वास्थ्य बीमाको रकम एक लाख रुपैयाँ हुँदा पनि सेवाग्राहीले सुविधा नपाइरहेको बेलामा त्यसलाई बढाएर ५ लाख पु¥याएको भनिँदैछ । अर्कोतिर निजी रुपमा सञ्चालित अस्पतालहरुको लूट धन्दा फस्टाउँदै जाँदा कुनै अनुगमन गर्न सकेका छैनन् । स्वास्थ्यमन्त्री पौडेलले आफू मन्त्री भएको तीन महिना नाघिसक्दा पनि एउटा परिणामुखी काम गरेर देखाउन सकेका छैनन् । मन्त्री पौडेलको सचिवालयमा अधिकांश नेपाली कांग्रेसका कार्यकर्ताको अनावश्यक भीड लाग्ने कारणले पनि स्वास्थ्य क्षेत्रमा काम हुन नसकेको भुक्तभोगीहरुको गुनसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *