काठमाडौं । सुरक्षा फौजभित्र राजनीति प्रवेश हुँदा आफ्नो क्षमता र योग्यताको समेत गणना हुँदैन । नेपाल प्रहरीलाई कांग्रेस र एमालेको भगिनी संगठन बनाएर सत्ता र शक्तिको आडमा कमाई हुने ठाउँमा खटाउने प्रवृत्ति चरम छ । कांग्रेस र एमालेको गठबन्धनले प्रहरी र सशस्त्रलाई ऐन संशोधन गरी समय अनुकूल बन्न नदिने खेल खेलेकै छन् ।
सम्मानित अदालत समेत दलीय प्रवाहमा परेको कारण सशस्त्रमा त्यही ऐन स्वीकार्य भयो नेपाल प्रहरीमा त्यो झ्यांगलो यथावत छ । प्रहरी भित्र एआईजी र डिआइजी नै दलका नेता भेट्न पुग्छन् । तर संगठनले राजनीतिक दलसँगको भेटघाट रोकेको छ । त्यो स्थिति सशस्त्रमा चर्काे छ । त्यहाँ सुदूरपश्चिमे र कर्णालीका अधिकृतहरुको सक्रियता छ । सशस्त्रले ०७९ देखि हालसम्म प्रबन्धका दिपेन्द्र कुँवर प्रशासनका होम ज्ञवालीलाई चलाएको छैन । उनीहरु नै संगठनको नेतृत्वका लागि चुनौती बनेका छन् ।
तर अहिले प्रशासनमा एआईजी वंशी दाहाल आएपछि कांग्रेसी समूह झन् चम्केको छ । दाहालले कल्याण महाशाखामा बसेर तर मारेका डिएसपी महेन्द्र हमाललाई खेद्छन् कि च्याप्छन्, पर्खनुपर्छ । किनकी लेखामा रैथाने बनेर एसपीको कमाण्डमा चल्ने निर्देशिका विपरीत डिएसपी भँडारे भएका केन्द्रीय लेखा, अस्पताल र तालिम प्रतिष्ठानका लेखा समूह परिवर्तन हुने मात्र होइन, कार्यानवयन गराउँदा समेत सुदूरपश्चिम र कर्णालीको समूहले नसघाउको बताइन्छ । प्रहरी र सशस्त्रको सेवा अवधि आईजीपी ३ वर्ष एआईजी ४ वर्ष डिआइजी ७ वर्ष एसएसपीको पक्षपछि भने ऐनको मस्यादामा गायब भएको छ ।
सशस्त्रमा यो काममा एआईजी वंशी दाहाल डिआईजी न्यौपाने एसएसपी दिपेन्द्र कुँवर, एसपी होम ज्ञवाली, डिएसपी महेन्द्र हमाल सक्रिय थिए । सशस्त्र प्रहरीभित्र यति बेला सुदूरपश्चिमेको हाउगुजी छ । गृहमन्त्री रमेश लेखक देखिने गृहमन्त्री भए पनि सभापति शेरबहादुर देउवाका पिए भानु देउवा छाया गृहमन्त्री हुन् । भानु शेरबहादुर देउवा दोस्रो पटक प्रम भएदेखि त्यहाँ छन् । सत्ता र शक्तिको आडमा गृह कांग्रेसले लिँदा भानु देउवा र डा.आरजु राणाको हाउगुजी चल्ने गरेको हो ।