अवैध बाटोबाट विदेश जानेको लर्को कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । नेपालमा आर्थिक उपार्जन गर्न नसकेपछि अधिकांश नेपालीहरु विदेसिने क्रम बढिरहेको छ । अध्ययन र रोजगारीको लागि दिनप्रतिदिन विदेसिनेको भीड त्यत्तिकै लागेको छ । सरकार भने सर्वसाधाणलाई रोजगार दिनुको सट्टा कहाँबाट कमिसन आउँछ भनेर दाउ हेरिरहेको छ । नेपालमा साउने च्याउसरी खोलिएका म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरुले गाउँ र शहरमा रोजगारी नपाएर भौतारिरहेका सोझासिधा नेपालीलाई खोजीखोजी विभिन्न प्रलोभनमा विदेश पठाउने गरेका छन् । त्यसको फाइदा उठाउँदै भारतीयहरु पनि नेपालमा आएर कन्सल्टेन्सी र मेनपावर सञ्चालन गरेर नेपाली युवायुवतीहरुलाई ठगी गरिरहेका छन् ।

त्यसरी ठगी गर्दा ती भारतीयहरुले नेपालीलाई आफ्नो देशहुँदै अवैध कारोबार गरी असुरक्षित ढंगेल विदेश पठाउने गरेका छन् । भारतको बाटो हुँदै विदेश लगिएका नेपाली युवतीहरुलाई घरेलु कामदार, होटल, रेष्टुरेन्ट, डान्सवार र वेटरमा काम लगाउने गर्दछन् । भारतको बाटो हुँदै विदेश जानेमा खासगरी नेपाली युवतीहरु बढी हुने गरेका छन् । नेपाली युवतीहरुलाई भारतीयहरुले विदेशमा लगेर काम मात्रै लागउँदैनन् शारीरिक शोषणसमेत गर्ने गरेका समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेका हुन्छन् ।

अहिले नेपालीहरु अध्ययन र रोजगारीको सिलसिलामा झन्डै १०० वटा देशमा पुगेका छन् । अधिकांश नेपालीहरु कामको सिलसिलामा दुबई, कतार, मलेसिया, साइप्रास, कुवेत, बहराइन, क्रोसिया, माल्टाजस्ता मुलुकमा जाने गरेका छन् ।

त्यसैगरी अध्ययनको सिलसिलामा युवायुवतीहरु अमेरिका, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, क्यानडा, जर्मन, फ्रान्स, युके जस्ता देशहरुमा जाने गर्दछन् । त्यस्ता देशमा जाने युवतीहरु पनि विभिन्न बहानामा शारीरिक शोषणमा पर्ने गरेका थुप्रै घटनाहरु बाहिरिएका छन् । आर्थिक २०८०÷८१ मा मात्रै ७ लाख ४२ हजारभन्दा बढी युवायुवतीहरु अध्ययन र रोजगारीको सिलसिलामा कानुनी हिसाबमा विदेशिएका छन् । त्यसैगरी अवैध तरिकाबाट भारतको बाटो हुँदै विभिन्न मुलुकमा जानेहरुको संख्या झन् डरलाग्दो छ । यस्तो सम्वेदनशील विषयमा राज्यका सम्बन्धित निकायले ध्यान दिएका छैनन् । उल्टै कर्मचारी र राजनीतिक दलहरुमा कसले बढी फाइदा लिने भन्ने होडवाजीले देश दिनप्रतिदिन दलदलमा फस्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *