आम नेपाली जनताको नैतिक पतन हुनु कुनै ठुलो समस्याको कुरो होइन । त्यसलाई नीति, नियम, कानुन र कानुनी राजको स्थापना गरी समाधान निकाल्न सकिन्छ । तर नीति, नियम र कानुन निर्माता स्वयम कै नैतिक पतन भएको खण्डमा राष्ट्रलाई ठुलो समस्या आईलाग्छ । अहिले नेपालमा यस्तै अवस्था उत्पन्न भएको छ । गाउँको मुखिया नै बाटो हगुवा निस्के पछि कानुनी राज स्थापना गर्ने काम निकै चुनौतीपूर्ण भएकोछ । नेपाल राष्ट्रको प्रधानमंत्री स्वयमले नै दान भन्दै १ अर्बको घुष ग्रहण गरेपछि नेपाली जनताको ठाडो शीर लाजले निहुरिएको छ ।
हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो दान भनेर घुष ग्रहण गरेका स्वयम प्रधानमंत्री ओलीलाई भने कुनै फरक पारेको देखिन्न । यो दान पनि अदालतबाट द्वोषी ठहर भई सजाय समेत तोकी सकेको भ्रष्ट व्यापारी भाटभटेनीका साहु मीन बहादुर गुरुङ्गको नै भएको हुँदा सबैलाई अचम्म तुल्याएको छ । भ्रष्ट व्यापारी मीन बहादुर गुरूङ्गले एमालेको पार्टी कार्यलय समेत ४७ करोडको आफ्नै लगानीमा एक बर्ष भित्र बनाएर हस्तान्तरण गर्ने बचन दिएकाछन । यस्तो पुण्यको काम नाफाखोर व्यापारीले त्यसै पक्कै पनि गरेको छैन होला भन्ने संका सबै नेपाली जनताको मनमा उव्जिएको छ । एकथरीको अनुसार भाटभटेनीको साहु मीन बहादुरको बिरुद्ध बिभिन्न मुद्दामा कैद सजाय बाहेक पनि ९ अर्ब भन्दा बढी जरिवाना लागेको छ । सोही जरिवानाको मिनाहा गरी पाउनको लागि नै प्रधानमंत्री ओली सित गोप्य सम्झौता गरी १ अर्व ४७ करोडको दान वा घुष दिन तयार भएका हुन । यसरी पनि भाटभटेनीका मालिक भ्रष्ट व्यापारी मीन बहादुर गुरुङ्गले ८ अर्व नेट नाफा हुने देखीरहेका छन । यस्तो चलन नेपालमा कुनै नयाँ नौलो होइन । पञ्चायत काल देखि नै चल्दै आएको कुरा यस बिषयको ज्ञाता भुक्तभोगीहरुले बताउने गरेकाछन ।
यदि ८ करोडको सरकारी बाँकी बक्यौता छ भने ४ करोड मिनाहा माग्ने अनि बाँकी ४ करोड आधा आधा गर्ने चलन कायम छ । यसो गर्दा पनि भ्रष्ट व्यापारीले २ करोड नेट नाफा कमाएर कंपनीको खातामा आम्दानी कायम गर्ने गर्दै आएकाछन । नेपाल बिद्युतप्राधिकरणको बाँकी बक्यौताको किस्सा पनि यहि नै हो । सुरुमा २२ अर्बको बँकी बक्यौता भने पनि हाल आएर ८ अर्व कायम गरिएको छ । त्यो पनि भ्रष्ट उद्योगपतिहरु तिर्नको लागि आनाकानी गरी बसेकाछन । वर्तमान ओली सरकारबाट बाँकी बचेको ८ अर्व बक्यौता पनि मिनाहा पाउनु पर्ने भन्दै डिफाल्ट उद्योगीहरु लव्वीईङ गर्न थालेका छन ।
अहिलेको ओली सरकारमा भ्रष्टाचारको आरोप लागेका धेरै मंत्रीहरु छन । साथै स्वयम प्रधानमंत्री ओलीलाई पनि नेपाली जनताले राम्रो मान्दैनन् । धेरै नेपाली जनताले उहाँलाई महाभ्रष्ट र भष्मासुरको नामले सम्बोधन गर्ने गरेकाछन । यस्तो सरकारले जसरी पनि ८ अर्वको बाँकी बक्यौता उठाएरै छाड्ने अडान लिएर लागी परेका नेबिप्राका प्रवन्ध निर्देशक कुलमानलाई नै हटाउने कसरत थालेका छन । निवर्तमान प्रचण्ड सरकारले २२ अर्बको बाँकी बक्यौतालाई किन र कसरी आठ अर्बमा झार्यो त्यो नेपाली जनतालाई थाहा छैन ।
अब उठाउनु नै पर्ने भनी तोकिएको ८ अर्ब बाँकी बक्यौतालाई पनि मिनाहा गर्नको लागि बर्तमान ओली सरकारले दबाब हालेकाले स्थिति झण झन गम्भिर बन्दै गएको हो । नेपाल बिद्युत प्राधिकरणले स्वतंत्र रुपमा बिजुलीको व्यापार गरी कमाउन पाउनु पर्छ भन्ने नेपाली जनताको मान्यता छ । यो बिषयमा नेपाल सरकारले यो गर त्यो नगर भन्दै बिच बिचमा भाँजो हाल्न पाईन्न । नेपाल सरकारले यस्तो हस्तक्षेप बिच बिचमा गर्दै बसेमा बजार स्वतंत्र भएको मानिन्न र त्यसको फाईदा भ्रष्ट व्यापारीहरु र व्यवसायीहरुले उठाउने छन् । नेपालका धेरै सार्वजनिक सङस्थानहरु नेपाल सरकारको राजनीतिक हस्तक्षेपले गर्दा नै टाट पल्टिएका छन वा टाट पल्टिने अवस्थामा पुगेकाछन । नेपालमा भ्रष्टाचारको काण्डै काण्डहरु छन । ताजामा सहकारी काण्ड हाल मुख्य चर्चाको बिषय बनेको छ । वर्तमान ओली सरकारले रास्वपाको अध्यक्ष रबि लामिछानलाई सोही काण्डमा संलग्न भएको आरोप लगाएर जेल हालेका छन ।
अमेरिकाबाट नेपाल फर्के पछि उहाँले निकै राम्रो कामहरु गरी देखाएर नेपाली जनताको वाही वाही लिएर मन जितेका थिए । नेपाली जनताको नजरमा भनौ वा स्मृतिमा चितवनको माननिय रबि लामिछानेको कुनै द्वोष छैन । उहाँ पेशाले पत्रकार पनि भए हुँदा भ्रष्टाचार र भ्रष्टाचारीहरुको खुबै खोईरो खेनेको कुरा नेपाली जनताले साह्रै नै मन पराएका थिए । उहाँको प्रत्येक्ष वा परोक्ष सहयोगले गर्दा खाडीमा अलपत्र परेका धेरै नेपाली श्रमिकहरुको उद्धार भएको थियो । महिला श्रमिकहरु माथि रोजगारीको क्रममा खाडी मुलुकहरुमा भएगरिएको हरेक प्रकारको शोषणहरुको उहाँले हदैसम्म खुईल्याएर उदाङ्गो पारी कानुनी कठघरामा उभ्याएका थिए । नेपालका भ्रष्टहरु पनि उहाँको भ्रष्टाचार प्रतिको आक्रमकतालाई देखेर चकित हुने गरेको थियो ।
त्यसैले नेपालका भ्रष्टाचारीहरु सबै मिलेर रबि अमेरिका बस्दा भएनभएका काण्डहरुलाई रबि बिरुद्ध चाङ लगाउने काम गर्दै रहे । खासगरी कान्तिपुर राष्ट्रिय दैनिकले उहाँको खोईरो नै खन्ने काम गरेको थियो । सोही बिरोधी समूहमा लागेका पत्रकारहरुलाई पछाडि राबि लामिछाने १२ भाई भन्ने संज्ञा दिएको थियो । कान्तिपुर राष्ट्रिय दैनिको मालिक सुरोहिया र रबि बिचको कटुता यति सम्म बढयो कि रवि स्वयम निवर्तमान प्रचण्ड सरकारमा गृह्यमंत्री भएको बेला १२ पत्रकार मद्धेका जेठो भाई सिरोहिया माथि कानुनी कार्यबाही चलाए । अहिले सम्म पनि सोमुद्दा चली नै रहेको छ भने सिरोहिया भने धरौटीमा छुटेर तारिख बोकीरहेका छन । अहिले आएर सोकार्यबाहीको बदला वर्तमान ओली सरकारले रबि लामिछानेलाई जेल हालेर लिएका छन । कार्यबाही माडवाडीहरु मद्धेका एकका बिरुद्ध भएको भएतापनि त्यसको पूर्ण चोट भने एमाले शीर्ष नेता प्रधानमंत्री ओलीलाई नै लागेको कुरा यिनै घटनाहरुबाट पुष्टी भएकोछ । दलका शीर्ष नेताहरुको कुशासन कै परिणाम अहिले चर्चामा आएको सहकारी काण्ड हो । दलहरुले कुनीतिले गर्दा नै नेपालको निजी बैंकहरु सबै माडवाडी व्यापारीहरु र व्यवसायीहरुले कव्जा गरी बसेकाछन ।
त्यसैगरी नेपालको पुँजी बजार पनि माडवाडी व्यापारीहरु र व्यवसायीहरु कै कव्जामा पुगेको छ । दलका शीर्ष नेताहरुले नेपाली राष्ट्रिय व्यापारीहरु र व्यवसायीहरुलाई अगाडि ल्याउने प्रयास गरेको छैन । हर्ष नरायण, पद्म ज्योति जस्ता राष्ट्रिय व्यापारीहरु र व्यवसायीहरु दलका शीर्ष नेताहरु कै गलत नीतिहरुको सिकार भएर पछाडि परेकाछन । दलहरुले बोकेर अगाडि सारेको भनिएको भाटभटेनी नै अहले आएर राष्ट्रिय समस्याको रुपमा प्रकट्ट भएको छ । माडवाडी व्यापारीहरु र व्यवसायीहरुलाई पनि माथ दिने गरी भ्रष्ट व्यापारिक सम्राज्य साहु मिन बहादुर गरुङ्गले नेपालमा फैलाईरहेका छन । बिदेशी समानहरुको बिचमा नक्कली सामानहरु पनि घुसाएर बेच्नु भाटभटेनीको सामान्य धन्दा हुन । बिदेशबाट स्टिकर मात्रै आयत गरी त्यहि स्टिकर लगाएर नेपालमा नै उत्पादन गरेको नक्कली सामान सक्कली भनी बेच्दै आएका छन ।
मिति गुज्रेका सामाग्रीहरुको प्याकेजमा नयाँ मिति सहितको ट्याग लगाएर पुनः बजारमा बेचीरहेका छन तैपनि नेपालको अन्धा कानुनीले देख्न सकीरहेको छैन । आयातित असली सामानमा पनि कम मुल्यको प्रज्ञापनपत्र बनाएर सरकारी कस्टम ड्युटी कम तिर्छन अनि बजारमा ल्याउँदा असली उच्च मुल्यमा बेच्दछन । यस्तो व्यापार गर्ने भाटभटेनीलाई कुनै पनि हालतमा राष्ट्रिय व्यापारीको पगरी गुथाउन मिल्दैन । यो भन्दा बढि त नेपाली जनताले घृणा गरी रहेका माडवाडी व्यापारीहरु र व्यवसायीहरु नै नैतिकवान छन किनकि उहाँहरुले देखाउनको लागि दान धर्म गर्दैनन् ।
दलका शीर्ष नेताहरु आफु सत्तामा पुगेपछि नैतिक उच्च हुने काम गरी उदाहरणीय बनी नेपाली जनतालाई देखाउन असफल भएकाछन । यो देखे पछि नेपालका युवा पिठी बिचलित भएका छन र आफ्नो सुन्दर भविष्य नेपालमा नदेखेर बिकसित मुलुकहरु तिर बिस्तारै वैदेशीक रोजगारी र अध्ययनको बाहाना बनाएर बसाई सरीरहेका छन । दलहरु जेनतेन सत्तामा टाँसिएर बस्न सफल भएपनि नेपालका स्कुल, कलेज र विश्वविद्यालयहरु खाली हुँदै गएकाछन । सेना र प्रहारीको जागिर खाने युवाहरुको अभाव हुन थालेको छ । इन्जिनियरिङ्ग र मेडिकल पढ्नेहरु सिला खोज्नु पर्ने अवस्थामा पुगेको छ । अब दलका शीर्ष नेताहरु कै लागि पनि झोला बोक्ने, ताली ठोक्ने र अगाडी पछाडि लाग्नेको अभाव हुन थाल्ने छन ।
जव दलको शीर्ष नेताहरुको आँखा खुल्ने छन तब सम्म धेरै ढिलो भईसकेको हुनेछ । यो मामला अभियान्ता दुर्गा प्रसाईले पहिले देखि नेपाल सरकार र नेपाली जनतालाई गर्दै आएको आगाहा सबै सच बन्दै गएकाछन । अबका दिनहरुमा नेपालले पनि आफ्नो जनसंख्या सन्तुलित बनाई राख्नको निमित्त सनसंख्या वा नागरिक नीतिलाई बदल्नु पर्ने हुन्छ । नत्र नेपाल राष्ट्र खाली भएर सुनसान बन्न कुनै बेर लाग्ने छैन । नेपालमा यस्तो अवस्था आउनको लागि दलको शीर्ष नेताहरुको नैतिक पतन नै मुख्य रुपले जिम्मेवार छ । एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले त झन यसपाली नैतिकताका सबै हदहरु नै पार गरी भ्रष्ट व्यापारी सित दान भन्दै खुला घुष नै लिएर संसार भर नेपाल राष्ट्रको धेरै वेईज्जत गरेकाछन ।
यस्तो अवस्थामा नैतिकवान नेताहरुले आफ्नो पदबाट राजिनाम दिएर पदमुक्त बन्ने चलन छ । तर एमाले शीर्ष नेता प्रधानममंत्री त्यस्तो नैतिकवान नभएकाले झन गल्ती माथि अरु गल्तीहरु बढाउँदै सत्तामा टाँसिएर कुण्डली मारी बसेकाछन । यस्तो बाटो हगुवा शीर्ष नेतालाई सत्ता छोड भन्नुको साटो उमेर भएका नेपाली जनताहरुले आफै देश भटाभट छाडीरहेका छन । मर्नु भन्दा बहुलाउनु निको भनेको जस्तो नेपालमा बसेर दुःख पाउनु भन्दा बिदेशमा गएर दुःख गरे पछि पेट भरी खान पनि पाईने र जीवन धान्नको लागि पुग्ने गरी कमाई गर्ने पनि सक्ने भएकाले नेपाली जनताले आफ्नो जन्मभूमि नेपाललाई नै छाड्ने कठोर निर्णय लिएका हुन ।