चाडपर्व व्यवस्थापनमा सरकार रमिते

राजनीति समाचार

चाडपर्वले धर्म संस्कृतिलाई ऐक्यबद्धता गर्दछ, भाइचारा बढाउँछ र जनमानसमा एउटा उमंग ल्याउने गर्दछ । चाडपर्वको समयमा नेपालमा खरिद, बिक्री, उपभोग र व्यापार पनि बढ्ने गर्दछ । नेपाली जनताले चाडपर्वलाई हर्षाेल्लासका साथ मनाउने गर्दछन र हरेक धर्म, जात तथा संस्कृतिका चाडपर्वको सम्मान पनि हुने गरेको छ । चाडपर्वले मुलुकलाई नै संठगित बनाएको हुन्छ ।

तर यस्ता महत्वपूर्ण चाडपर्वको व्यवस्थापनमा भने सरकार मौन र रमिते बन्ने गरेको छ । नेपाली जनताले जेनतेन महान चाड दशैं उम्काएका छन् । तर, आउँदै गरेको चाड तिहारको बेदना भने उस्तै छ । कालोबजारी र महंगी चाडपर्वकै समयमा बढ्ने गर्दछ । चाडपर्वका समयमा आवश्यक पर्ने उपभोग्य वस्तुहरुको कालोबजारी पनि हुने गरेको हुन्छ । सरकारले अनुगमनका नाममा झारा टार्ने काम गर्छ । वास्तवमा जनताले सास्ती भोगिरहेका हुन्छन् ।

आउँदै गरेको नेपालीहरुको अर्काे चाड तिहारको व्यवस्थापनका विषयमा सरकारले ठोस कदम चाल्न सकेको छैन । चाडपर्वका समयमा योजना बनाएर सरकारले काम अगाडि बढाउनुपर्ने हुन्छ । तिहारको समयमा जथाभावी पटका पड्काउने, रक्सी खाएर होहल्ला गर्ने, समय प्रतिकुल भइलो खेल्ने, जुवातास खेल्ने गरेको पाइन्छ । यसले प्रतिकुल प्रभाव पार्न सक्छ । पटका पड्काउने कार्यले आगलागि हुने, अंगभंग हुने जस्ता काम हुनसक्छन् ।

त्यसैले यस्ता कार्यलाई निरुत्साहित गर्न सरकारले पहल गर्न सकेको छैन । जुवातास खेलेर धनसम्पत्ति सबै सकेको घटना पनि बाहिर आएका हुन्छन् । यस्ता कार्यलाई पनि सरकारले निरुत्साहित पानुपर्छ । अवैद्य भित्रिने पटका, भुइचम्पाहरुको नियन्त्रण गर्न आवश्यक छ । दायरा र सीमा तोकेर सरकारले चाडपर्वको व्यवस्थापन गर्न आवश्यक देखिएको छ । चाडपर्वका समयमा धेरै घटनाहरु बाहिर आएका हुन्छन् । त्यसैले सरकार कानमा तेल हालेर होइन कि एउटा योजना बनाएर अगाडि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *