काठमाडौं । सरकार संयुक्त छ । लोसपा र नागरिक उन्मुक्ति मात्र होयनन्, जनमत पार्टी पनि एक एक मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रीको अधिकार प्रधानमन्त्रीले राज्यमन्त्रीको अधिकार पर्यटनमन्त्रीले दबाएका छन् । एमलेका श्री ३ महाराजबाट कांग्रेसका भ्रष्ट दीपक खड्का, डाआरजु राणा प्रताडित नभए पनि गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, कानून मन्त्री अजय चौरासिया पीडित भएको उजुरी त कांग्रेसको नेतृत्वसम्म पुगेको छ । प्रधानमन्त्रीले कृषि मन्त्री रामचन्द्र अधिकारीलाईसमेत दबाब दिएर भारतबाट भित्रिएको विषाक्त तरकारीको क्वारेन्टाइन चेकजाँचमा बाधा पु¥याएका छन् । नेपालगंजका व्यपारीले भित्र्याएको खराब खाद्य चामल खाद्य प्रविधि तथा गुण नियन्त्रणले फिर्ता गर्दा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।
प्रधानमन्त्री ओली जनताको भलो चिनाउन नसक्ने गरी पटमुर्ख भएका छन् । नेपालगंजको खराब खाद्य चामल फिर्ता हुँदा उनै दलको चासो भएन । खाद्य प्रविधिका प्राविधिकहरु सचेत भएका कारण त्यो चामल भित्रिन पाएन । कांग्रेसको डा.शेखर समूहले यो सरकारको आयु सकियो भन्न सकेको छैन । तर बद्नाम नेपाली कांग्रेसको हुने पैसा एमालेमा जाने गरेको छ । गठबन्धन किन जोगाउनु प¥यो भन्दै कांग्रेसीहरु प्रश्न गर्न थालेका छन् ।
हरेक निर्णयमा एमालेको हस्तक्षेप छ । यो गठबन्धनले कांग्रेसकी डा.आरजु र एमालेका महाराजलाई नै धरासायी बनाउने गरी निर्णय गरेका उदाहरण धेरै छन् । चाडपर्वका बेला जनताले शुद्धताको गुञ्जालयस पाएन । दशैं गयो, हाहाकारमा दशैं बित्यो । प्रधानमन्त्रीले आफुलाई भएपछि अरु कतै कुनै संकेत देखेनन् । परराष्ट्र मन्त्री लुट्नकै लागि त्यो पदमा पुगिन । उनले ६१ जना कर्मचारी नयाँ राखेर परराष्ट्र अन्तर्गतका शाखाहरुमा आतंक खडा गर्दै छन् । विपक्षीलाई देखाएर हामी ठूला भन्नेहरुको हालत एकाएक खस्कँदै गर्दा डा.शेखर समूह नतमस्तक छ ।