काठमाडौं । मध्यरातमा बनेको ओली सरकार एकाएक बदनाम भएको छ । कांग्रेस र एमालेको संयुक्त गठबन्धन भएको सय दिनको अवधिमा ओली सरकारले देश र जनताको सेवा गरेनन् । डा. आरजु राणा, धनराज गुरुङ, गगन थापा र प्रकाश शरण महतजस्ता भ्रष्टहरुले एमालेका ऋषिकेश पोखरेल, विष्णु पौडेल, ईश्वर पोखरेल जस्ता भ्रष्टहरूको पनि साथ पाएका छैन ।
सरकारले सय दिनमा बदनाम जति सह्यो त्यो रुपमा देशको ऋण ५४ अर्ब ५३ करोड पु¥याएर प्रधानमन्त्री केपी ओली समृद्धि र विकासको ढोदल पिटेका छन् । राज्यले पाउने राजस्व मारवाडीहरूलाई सुम्पेर प्रधानमन्त्री ओलीले आर्थिक रुपमा देश धरासाही बनाएका छन् । एमालेमा यस्ता कुरा समृद्धि र विकास हुन् । काम गर्नेलाई छेक्ने बिचौलिया सेवा गर्ने केपी ओली आज खराब बन्दैछन् । गिरिबन्धु टी स्टेट, बाल मदिर र जग्गा प्रकरण, बाँसबारीको बाँकी जमिन, लैनचौरको जग्गा भाडा काण्ड, धनगढी जग्गा कारण वर्तमान सरकारका उपलब्धि हुन् । ओलीले प्रधानमन्त्री पद लिएको यो अवधिमा देश कहाँ पुग्यो त्यसको हेक्का राखेका छैन ।
सहकारी ठगीले देश चुर्लुम्म डुबेको छ । गगन थापा धनराजको सेवक भएका छन् । गृहमन्त्री रमेश लेखक जस्ता स्वच्छ मानिएकाहरू पनि एमाले शुद्ध रहँदैन । पार्टीमा सामूहिकता छैन । यो स्थितिले एमालेको मिसन २०८४ आफै सकिने हुन्छ । किनकि पार्टी सरकारमा छ । देशमा विपत्ति छ । जनताका घर छैनन्, स्कुल छैनन् । तर प्रधानमन्त्री माफियालाई सघाउँदै विद्युत प्राधिकरण र दूरसंचार प्राधिकरण डुबाउन सक्रिय छन् ।