काठमाडौं । पदमा हुँदा दान उपहार लिन हुन्न भन्ने कानूनी मान्यताले यो बेला फड्को मारेको छ । एमाले अध्यक्षको एकल निर्णयबाट पार्टीका लागि लिइएको दानले देश हल्लियो । प्रधानमन्त्रीलाई कानून लाग्दैन भनेर विरोधीले प्रश्न गरे । सरकारी दल कांग्रेस र एमाले चुपचाप छन् । कांग्रेसका धनराजले रवि लामिछानेको गृहमन्त्री कालमा सहकारी ठगेको कुरा उठ्दा सदनमा उत्पादत गरे । अहिले १४ करोड ५० लाख सहकारी ठगीसँग धनराज जोडिँदा कांग्रेस बोल्दैन । पर्यटनमन्त्री बद्री पाण्डे पनि पशुपति धर्मशाला काण्डमा मारवाडीको पक्षमा लागेर सर्वाेच्च अदालतको फैसलाविरुद्ध लागेको देखियो । कांग्रेसले प्रमलाई साथ दिएन । देउवा समुहकी भ्रष्ट डा.आरजु राणा, बालकृष्ण खाँडहरु कांग्रेसका गहना बने ।
यस्ता गहनाहरु एमाले माओवादी दुबैमा छन् । यस्ताबाट देश चल्दैन । वर्तमान सरकारले गरेका गलत कामले देश टुक्राटुक्रा बन्दैछ । केन्द्रको रोग प्रदेशमा सर्दैछ । जनताको घर बगरमा परिणत हुँदा चासो र चिन्ता नलिने सरकारले पार्टीको लागि दान लियो, त्यो पनि प्रमकै पहलमा । यो कानुन विपरित हर्कत गर्नेले कानुन मिच्दै सामाजिक सञ्जालका भित्ता रंगाउन थालेका छन् । सहकारी ठगका रुपमा परिचित धनराज हुन् कि सार्वजनिक लेखा समितिका सभापति किन नहुन् यो सरकार संरक्षक देखियो । एमालेलाई कारबाही गर्न हुँदैन भन्ने होइन ।
रवि पक्राउ पर्नु र धरौटीमा छुट्नु नौलो होइन । जनताको बचतमाथि हुने लुट प्रमुख हो । सरकार पीडितको बचत फिर्ता गर्नतर्फभन्दा बढी प्रचारमा रमाउँदैछ । यो सरकारले जनताको सेवा गर्दैन भन्ने कुरा विद्युत महसुल २२ अर्ब उठाउनु सट्टा कुलमानको जागिर खाएर प्राधिकरणको व्यवसायमाथि अंकुश लगाउनु हो । एमालेसँग कस्ता मारवाडी छन् ? तिनले चाहे बाढीपीडितको झुपडी बन्छ । तर क्रमश आफ्नै पार्टी स्वार्थमा लागेको आरोप सहदैछन् । गल्ती भइृसक्यो, निर्णय सच्याउने चलन त छैन । वामपन्थी शक्तिका बिचमा हुने सम्भावित कार्यगत एकता पनि टाढिँदैछ । लाजले पनि समाउने काम नेकपा एमाले नेतृत्वले गर्दैछउ । जबकि यो नेतृत्व भ्रष्ट मारवाडी पथको रक्षकका रुपमा स्थापित हुँदैछ ।
प्रधानमन्त्री केपीका विरोधी धेरै छन् । अध्यक्ष ओली सबै राम्रा अरुका नराम्रा पनि खराब देख्ने बहुप्रतिभावान नेता हुन् । पार्टीका नेताको यस्तै गुणका कारण कार्यकर्ताले जनताका बिचमा शिर ठाडो गर्न सक्दैनन् । एमालेमा खराबलाई खराब भन्न पनि डराउनुपर्ने स्थिति सबैमा छ । किनकि कार्यक्षमता, कुशलता, अनुशासन र जिम्मेवारीभन्दा पार्टीहरुकै गुटका आधारमा चाकडीबाजहरुले टिकट पाउने, चुनाव जित्ने, मन्त्री बन्ने चलन बसेको छ ।
विश्वास प्राप्तले जति कार्यकर्ताको जीवन धरासायी बनाए पनि छुट छ । मोजमस्ती तिर लाग्ने कि पार्टी रोज्ने भन्दै एमाले अध्यक्षले दिकदार भएर स्थायी समिति बैठकमा सचेत गराउनुपर्ने बाध्यता आउनु भनेको नेकपा एमालेमा कस्ता चरित्र बढेछन् कार्यकर्ता बन्छन् भन्नु हो ।