काठमाडौं । कांग्रेस र एमालेका खड्ग ओली मिलेपछि मुलुकको राजस्व भाँडमा जाओस् तत्काल यिनले पैसा पाएपछि कानूननको धोति फुकालिन्छ । किरणा राणा डिआईजी थिइन, त्यो पनि एयरपोर्टमा । सरकारमा केपी ओली प्रधानमन्त्री छन् । डा.आरजु राणा, परराष्ट्रमन्त्री छन् । यी दुई मिलेपछि र देशमा उलटपुलट भएपछि पद र कुर्सी डगमगाउँदैन भन्ने घमण्ड छ ।
त्यही घमण्डले ५ करोड घुस लिएर डिआईजी किरण राणालाई कात्तिक ११ र १२ गतेका लागि एआईजी बनाइएको छ । ज्ञानेन्द्र कार्की नामक कांग्रेसी सांसद एवं देउवा दरबारका मुन्सीले आफ्नी श्रीमतीकी नातेदार किरणलाई एआईजी बनाउन कुलदेवीसम्म प्रस्ताव पु¥याए । टेरामक्सी प्रकरणका नायक कार्कीको प्रस्ताव स्वीकृत भयो । रातारात फाइल बढ्यो । देउवा दरबारका अर्काे गृहमन्त्री बनेका रमेश लेखक थिए । एकाएक किरण राणा एआईजी भइन र प्रहरीबाट पनि विदा भइन । प्रहरीमै बसन्त लामा २४ घण्टे एआईजी भए । उनले पनि खर्च गरे । तर रवि लामिछाने गृहमन्त्री भएका बेला पनि जबर्जस्ती पोषराज पोखरेललाई एआईजी बनाउने काम भयो । तर कार्यान्वयन भएन । उनले अदालतमा मुद्दा हाले त्यसले मूर्त रुप लिएको छैन ।
पहुँच र पैसा नै प्रहरी र सशस्त्रको हैकम चल्ने गरेको छ । डा.आरजु राणासम्म पैसा पुगे सबै काम हुन्छ नपुगे सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान हुनुपर्छ । यो बुझेर नै ज्ञानेन्द्र कार्की, माननीयले पैसा बोरामा फाइल झोलामा राखेर देउवा दरबारकी डा.आरजुको चित्त बुझाएका हुन् ।