सचिव पाण्डे र सदस्य सचिव शाहको पर्यटन क्षेत्रमा रजगज

राजनीति समाचार

काठमाडौं । दुईतिहाइ हाराहारी समर्थनमा बनेको सरकारले कुनै ठोस काम गर्न सकेको छैन । जताततै भ्रष्टाचार, विकृति र विसंगति मौलाउँदै गएको छ । कर्मचारीहरु काम गर्नेभन्दा पनि मिटिङ, गोष्ठी र सेमिनारमा व्यस्त हुने र विदेश भ्रमणमा जाने गरेर दिन बिताइरहेका छन् । कार्यालयमा काम गर्ने कर्मचारीहरु सेवाग्राहीसँग कुनै न कुनै बहानामा घुसबिना काम गर्दैनन् । सम्बन्धित मन्त्रालयका मन्त्रीहरु पनि विदेश घुम्नेर राज्यको ढुकुटी रित्याउने काम भन्दा अन्य काम भएको छैन । मन्त्रीहरुले काम गर्न नसक्दा भ्रष्टाचार र विकृतिले सबैतिर जरा गाडीरहेको छ । त्यसको उदाहरण बनेको छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । मन्त्री रहेका छन् कांग्रेस नेता बद्री पाण्डे ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रभित्र हुने गरेका विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्न सकेका छैनन् । पर्यटन क्षेत्रमा पर्ने सार्वजनिक जग्गा व्यक्तिले हडपेर भोगचलन गरिराखेका छन् । पशुपति क्षेत्र विकास कोष अन्तर्गत पर्ने गौशला धर्मशाला मारवाडीहरुको चंगुलमा फसेको छ । गौशालाको धर्मशालामा वषौंदेखि मारवाडीहरुले धर्मको नाममा अनेक धन्दा चलाइरहेका छन् । सो धर्मशालालाई साधुसन्तहरुले शिवरात्रीलगायत मेलापर्वमा गाँजालगायत विभिन्न लागुपदार्थ ओसारपसार गर्ने थलो बनाउने गरेका छन् ।

जुनसुकै पार्टीबाट पर्यटन मन्त्री बने तापनि पर्यटन क्षेत्रको महत्वअनुसार चलायमान बनाउन सकेका छैनन् । उल्टै पर्यटक बढाउने नाममा नेपालको पैसा विदेश पु¥याउने र व्यापार व्यवसाय गर्ने धन्दा चलाइरहेका छन् । पर्यटन मन्त्रालयमा सचिव बन्नेहरुले पनि पर्यटन व्यवसायीसँग साँठगाँठ गरी आर्थिक लाम लिने गरेका छन् । हालका पर्यटन सचिव डा. गणेश पाण्डेको हकर्त पनि त्योभन्दा कम छैन । त्यसको गतिलो उदाहरण लिन सकिन्छ वृहत्तर जनकपुर विकास समितिलाई । वृहत्तर जनकपुर विकास समितिमा २२ जना कर्मचारीले विगत ११ महिनादेखि तलब खान पाएका छैनन् । त्यसको अध्यक्ष पर्यटन सचिव डा. गणेश पाण्डे रहेका छन् । सदस्य सचिव रहेका छन् पूर्वपत्रकार सीतल शाह । शाह सदस्य सचिव भएको ११ महिना बितिसकेको छ । उनी सदस्य सचिव नियुक्त भएदेखि कर्मचारीले तलब खान पाएका छैनन् । नेपाल पत्रकार महासंघको कोषाध्यक्षसमेत भइसकेका सीतल शाह सदस्य सचिव नियुक्त भएर गएको संस्थाका कर्मचारीले विगत ११ महिनादेखि तलब खान नपाउँदा मुकदर्शक बनेर बसिरहेका छन् ।

पत्रकार हुँदा विभिन्न संघसंस्थाको विकृति, विसंगतिविरुद्ध समाचार सम्प्रेषण गर्ने शाह अहिले आफू सदस्य सचिव नियुक्त भएर गएको संस्थाका कर्मचारीले झन्डै वर्षदिन हाराहारी तलब नपाउँदा सेवा, सुविधा उपभोग गरी टुलुटुलु हेरेर बसिरहेका छन् । त्यसैगरी पर्यटन सचिव डा. गणेश पाण्डेले पनि कर्मचारीको श्रम शोषण गरिराखेका छन् । सचिव पाण्डे कुन पर्यटन व्यवसायीले कति कमिसन दिन्छन्, विदेश घुम्न पाइन्छ कि पाइँदैन भनेर दाउ हेरिरहेका छन् । तर, आफू अध्यक्ष रहेको संस्थाका कर्मचारीले तलब खान पाएकि पाएनन्, त्यो संस्थाले गर्नुपर्ने काम भएको छ कि छैन भन्नेतिर सचिव पाण्डेको ध्यान गएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *