काठमाडौं । नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि तीनजनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीनजनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।
उपनिर्वाचनका लागि तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले कोसी प्रदेशले जनाएको छ ।