जिवी राई गगन र खतिवडाको संरक्षणमा

राजनीति समाचार

काठमाडौं । सहकारी ठगी काण्डले यतिबेला राजनीति माहोल तातेको छ । सहकारी ठगी काण्डमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने प्रहरीको अनुसन्धानमा रहिरहेका छन् । उनका अर्का मतियार जीवी राई अहिलेसम्म फरार रहेका छन् । त्यस्तै, कांग्रेस उपसभापति धनराज गुरुङ पनि सहकारी ठगी काण्डमा मुछिए तापनि सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । अर्का संसदीय छानबिन समितिका सदस्य ऋषिकेस पोखरेल पनि छानबिनको दायरमा परेका छैनन् । पोखरेल र गुरुङलाई उन्मुक्ति दिने प्रपञ्च रचिँदैछ ।

जीवी राई विगत लामो समयदेखि फरार रहे तापनि सरकारले पक्राउ गर्न सकेको छैन । जीवी राईको संरक्षण कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य रामहरि खतिवडाले गरेको समाचार सुत्रको दाबी छ । किन कि केही हप्ता अगाडि गगन थापा जीवी राईलाई पत्ता लगाउन भारत गएको हल्ला चलेको थियो । राजनीति प्रधिसोधकै कारण रविलाई प्रहरी हिरासतमा राखिएको छ ।

तर, जीवी राई, धनराज गुरुङ र ऋषिकेस पोखरेल पक्राउ नपर्नुमा राजनीतिक ढाकछोप नै मुख्य रहेको विश्लेषकहरुको आँकलन छ । उता, रवि लामिछाने पक्राउ पर्नु जीवी राई पक्राउ नपर्नु कांग्रेस नेता द्वय थापा र खतिवडाको संरक्षण भएकाले गृहमन्त्री रमेश लेखक चुपचाप बसेका छन् । गृहमन्त्री लेखकले जीवीलाई पक्राउ गर्न चासो देखाएका पनि छैनन् । गृहमन्त्री लेखकले सहकारी ठगीमा मुछिएका कांग्रेस नेता धनराज गुरुङ र एमाले नेता ऋषिकेस पोखरेललाई बचाउनु पनि सम्यम भएको मानिन्छ । गृहमन्त्री लेखकले गृहमन्त्रालय चलायमान बनाउन सकेका छैनन् । अध्यागमन विभागमा तस्कर र माफियाहरुको हालिमुहाली चलिरहेको छ ।

भिजिट भिसादेखि ओर्किङ भिसामा मानव तस्करहरुले सेटिङ मिलाइरहेका छन् । मानव तस्करीमा विचौलिया मात्रै नभएर राजनीतिक दलका नेतादेखि मन्त्रीसम्मको हात रहने गरेको छ । मानव तस्करहरुले नेपालीहरुलाई विदेश पठाइरहँदा पनि त्यसको रोकथाम गर्न गृहप्रशासनले सकेको छैन । उता, श्रम तथा रोजगार सुरक्षामन्त्री शरद सिहं भण्डारीले मेनपावरसँग मिलेमतो गरी आर्थिक लाभ लिइरहेका छन् । श्रममन्त्री भण्डारीले आर्थिक लाभ मात्रै लिएका छैनन् उनी विभिन्न देशमा श्रमसम्झौता गरेर हिडिरहेका छन् । हालका श्रमसचिव मुकुन्द निरौला र मन्त्रीको राय मिल्छ । मन्त्री र सचिव निरौला रमाइलोका पारखी हुन् । सचिव निरौला मानव तस्करसँग साठगाँठ गरी मन्त्रीलाई रिझाउन माहिर छन् ।

निरौला मन्त्रीलाई रिझाउन माहिर मात्रै छैनन् घुमघाममा पनि व्यस्त रहन्छन् । सचिवको सचिवालयमा बिचौलियाहरुको ताती लाग्ने गरेको छ । सर्वसाधारणको काम लथालिङ्ग भएको छ । विदेशमा अलपत्र पर्नेहरुको संख्या त्यत्तिकै छ । अलपत्र पर्नेहरुको उद्दारका लागि खेल्नुपर्ने भूमिका मन्त्री र सचिवले खेल्न सकेका छैनन् । उता, नेपाली कांग्रेसभित्र गृहमन्त्रीले काम गर्न नसकेको आरोप लाग्न थालेको छ ।

कांग्रेसकै सांसदहरु गृहमन्त्री लेखकसँग असन्तुष्टि पोख्न थालेका छन् । कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबिच भाडभैलो सुरु हुन थालेको छ । कांग्रेसले २०८२ मसिंरभित्र १५ औं महाधिवेसन गर्नुपर्नेहुन्छ । त्यहि महाधिवेसनको विषयलाई लिएर कांग्रेसभित्र मनमुटाव शुरु भएको छ । संस्थापन पक्षका नेताहरु इतरपक्षका नेताहरुसँग घुलमिल गरिरहेका छन् । त्यसकारणले कांग्रेस र एमालेको सरकार कतिन्जेल टिक्छ यकिन छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *