मुख्यसचिव एकनारायणको खेलोफड्कोले बैकुण्ठ अलपत्र

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुको एकअर्काको खुट्टा तान्ने र प्रतिरोध साध्ने प्रवृत्तिले अन्य क्षेत्र पनि अछुतो रहेन । कर्मचारी वर्गभित्र आफ्नो स्वार्थ पूर्ति गर्न एकलेअर्कोलाई प्रतिसोध साध्ने प्रवृत्ति हावी हुँदै गएको छ । खुट्टा तान्ने प्रवृत्तिकै कारण तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याललाई स्टिकर छपाइ घोटाला गरेको काण्ड लागेपछि मुख्य सचिव बन्नको लागि एकनारायण अर्याल न्वारनदेखिको बल निकालेर लागेका थिए । उता तत्काली मुख्यसचिव अर्यालयलाई पनि भ्रष्टाचारको आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दबाब परिरहेको थियो ।

त्योसँगै अख्तियारले अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी स्वतहः निलम्बनमा परेका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य सिनियर सचिव हुँदाहुँदै कनिष्ठ सचिव लिलादेवी गर्तौलालाई नियमबिपरीत मुख्य सचिव बनाएका थिए । मुख्य सचिव गड्तौलाको जागिरे अवधि उमेरहदको कारण गत भदौ १५ गते समाप्त भएपछि मुख्य सचिव बन्नेहरुको दौडधूप चलेको थियो । त्यो दौडमा तोयमनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराई जस्ता सिनियर सचिवहरु रहेका थिए ।

तर, प्रधानमन्त्री ओलीले वरिष्ठ सचिवहरुलाई पछि पारेर कनिष्ठ सचिव एकनारायण अर्याललाई मुख्यसचिव बनाएका थिए । एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि तोयमनारायण ज्ञवाली र दिनेश भट्टराईले राजीनामा दिएका थिए । सिनियर दुई सचिवले राजीनामा दिएपछि कर्मचारी प्रशासनमा नकारात्मक असर पर्ने भएकाले प्रधानमन्त्री ओलीले दिनेश भट्टराईलाई अन्य ठाउँमा अवसर दिने प्रलोभन देखाएर राजीनामा नदिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहलाई स्वीकारेर सामाजिक सञ्जालमा आफूले राजीनामा नदिएको लेखेका थिए ।

कनिष्ठ सचिव एकनारायण अर्याल मुख्य सचिव बनेपछि कर्मचारी तन्त्रभित्र भाडभैलो भएको थियो । एकनारायण अर्याल मुख्यसचिव भएदेखि उनीले निर्देशन दिँदै जाने तर कर्मचारीले नमान्ने भइरहेको थियो । मुख्यसचिव अर्यालले आफ्ना आसेपासे जुनियर कर्मचारीलाई मालदार ठाउँमा खटाउने सिनियर र वरिष्ठलाई पाखा लगाउने गर्दै आएका थिए । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालले आफूमाथि लागेको भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि कर्मचारीवृत्तमा अब उनै अर्याल मुख्यसचिव हुने र हालका मुख्यसचिव एकनारयणलाई मुख्यसचिव सरहको सुविधा दिएर अन्यत्र सरुवा गर्ने भनिए तापनि त्यो हुन सकेन । मुख्यसचिवमा फर्किने अवस्था नभएपछि अर्याललाई मुख्यसचिव सरहको सेवासुविधा पाउने गरी राष्ट्रिय योजना आयोगमा पठाइएको छ ।

अर्याललाई राष्ट्रिय योजना आयोगमा पठाएपछि अन्य सचिवहरु पनि रुष्ट बनेका छन् । किन भने तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालयले कर्मचारीबीचमा भेदभाव नगरी निष्पक्ष ढंगले काम गर्ने भएकाले पनि कर्मचारीहरुले रुचाउने गरेका थिए । हालका मुख्यसचिव एकनारायण अर्याललाई कर्मचारीहरुले त्यति रुचाउँदैनन् । किन कि मुख्यसचिव अर्यालयले नीतिनियम विपरीत काम लगाउने, भेदभावपूर्ण व्यवहार गर्ने, जुनसुकै काममा पनि आम्दानीका स्रोतहरु खोज्ने, आफ्ना आसेपासेलाई खोजीखोजी मालदार ठाउँमा सरुवा गर्ने, सुरासुन्दरीमा मोह राख्ने गरेको कर्मचारी स्रोतको भनाइ छ ।

त्यति मात्रै होइन, मुख्यसचिव अर्यालको बाँसबारी शान्ति प्लाजमा ग्राण्डि अस्पतालका सञ्चालक दीपक कुँवरले २ करोडको घर उपहार स्वरुप दिएकोसमेत समाचार स्रोतको दावी छ । उता, दीपक कुँवर गोङ्गबुस्थित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष हरेका छन् । कुँवर पनि विभिन्न काण्डमा विवादित व्यक्ति हुन् । मुख्यसचिव अर्यालले कुँवरलाई अप्ठ्यारो परेको बेला सहयोग गरेबापत घर उपहार दिएको बताइन्छ । तर, अर्याल भने उक्त घर आफैले खरिद गरेको बताउने गरेका छन् । उक्त घर कम्पाउण्डभित्र ४ आना खाली जग्गा पनि रहेको स्रोतको दावी छ । अर्याल खान र खुवाउन माहिर व्यक्ति हुन् । उनी भारतको वाणिज्य दूत हुँदा करोडौं अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । बैकुण्ठ अर्यालले सफाई पाएपछि एकनारायण अर्यालले उनको ठाउँ खाली गरिदिनुपर्ने भनाइ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *