काठमाडौं । नेपाल प्रहरीले थप गरेको तर एआइजी बढुवा गर्दा दुई चार दिने पाहुना थन्क्याउने प्रदेश समन्वय विभाग भएको छ । प्रहरी प्रधान कार्यालयभित्र चलायमान विभागमा अपराध प्रशासन र कार्यविभाग देशको शासकीय स्वरूप अनुसार प्रहरीले सीमा तथा प्रदेश समन्वय विभाग खडा गरेको छ तर त्यो विभाग कमाण्ड गर्न कुनै एआइजी जान मान्दैनन्।
कार्यक्षेत्र स्पष्ट नभएको जनशक्ति नभएको प्रदेशमा खटेका डीआइजीहरू प्रशासन विभाग र आइजीपी सचिवालयप्रति निर्भर छन्। प्रदेश समन्वय विभागमा पछिल्लो पाहुना एआइजी किरण राणा भइन् । सरकारले १३ गते एआइजीमा बढुवा ग¥यो, १४ गते एक दिन उनी फुली लगाएर विभागको कार्यभार लिइन् । तिहारको दोस्रो दिन अवकाश भइन् । नेतृत्वले पनि यो विभागलाई महत्व दिएन । यो विभाग बढीमा १५ दिने म्याद भएका एआइजी खट्ने र खटाइने गरिन्छ रामदत्त जोशी त्यहीँबाट अवकाश पाए उनको अवकाशसँगै फुली लगाएको ८ घण्टामा किरण राणा प्रदेश विभागको कार्यालयमा हाजिर भएर बिदा लिइन् । उमेरहद ५८ का कारण अवकाश जाने एआइजीहरूलाई त्यहाँ खटाइन्छ ।
राणा पनि आइजीपी बसन्त कुँवरकै ब्याची हुन् यो ब्याचमा एसएसपीहरु १४ जना थिए । राजनीतिक पहुँच र ब्रिफकेसले डिआइजी पहिलो नम्बरमा पुगेका बसन्त कुँवर आइजीपी हुँदा राणा डिआइजीमै थिइन् । कांग्रेसका ज्ञानेन्द्र कार्कीको ससुराली राणा खलक किरणकै माइती हुन् । प्रहरीमा यस्तो छ, सशस्त्रमा किशोर प्रधान एआइजी बन्न पाउने अवस्था भएतापनि कसैले खोजी गरेका छैनन् ।