उपनिर्वाचनमा छैन रौनक

राजनीति समाचार

काठमाडौं । उम्मेदवारी दर्ता गर्दैमा निर्वाचनमा विजयी भइन्छ भन्ने होइन । काम गर्न नपर्ने जनप्रतिनिधि जागिरे बन्ने अभियान स्थापित गरेर ठूला दलहरुलाई निर्वाचनमा रमाउने ठाउँ भएको छ । देशमा भ्रष्टाचार गरेर स्वार्थ पुरा गर्ने ठूला दलका ठेकेदारहरुलाई हराउन जनता तत्पर छन् । एमालेले सरकारको नेतृत्व संघीय मात्र होइन, कोशी लुम्बिनी र कर्णालीमा गरेको छ । कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा नेतृत्व गरेको छ । तर यी ठूला दलको गठबन्धनबाट जनतालाई राहत भन्दा आहत नै थपिएको छ । जनतालाई खानेपानीको उचित प्रबन्ध गर्न नसक्ने भ्रष्टहरू अहिले चर्चामा छन् ।

ओली सरकार प्रचारमा जति सक्रिय छ, काममा छैन भन्ने कुरा मधुमासकै अवधिमा देखिएको लुट नै काफी छ । यस्तो सरकार चलाएका कांग्रेस र एमालेका उम्मेदवारको पक्षमा माहोल बन्न नसक्ने कुरा छर्लङ्ग देखिएको छ । अहिले जनताको सरोकारमा दलहरु छैनन् । चुनाव प्रचारमा देखिएको सुस्तताले जनतामा रौनक छैन । यो उपनिर्वाचनमा ४४ पदका लागि ४०७ जना उम्मेदवार छन् । प्रतिस्पर्धा एमाले, कांग्रेस र माओवादीकै बीचमा हुने निश्चित छ । सबैको चासो कीर्तिपुरमा बढेको छ । कीर्तिपुरमा मेयरमा निर्वाचन हुँदैछ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *