चौतारीमा सँधै विष्टको विरोध

राजनीति समाचार

काठमाडौं । गुटको भनेर के गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्व राष्ट्रपति विद्या भण्डारीसम्मको पहुँचबाट पटकपटक राजनीतिक लाभ लिँदै आएका डा.महेन्द्र बिष्टले सार्वजनिक सेवा प्रसारण संस्थाको नेतृत्व लिने निश्चित जस्तै भएको छ । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बन्दा बिष्टले जनताले निःशुल्क हेर्दै आएको टेलिभिजनलाई डिजिटलमा लगेर निजी क्षेत्रको इन्टरनेट सेवाबाट राम्रै आम्दानी गरे । निःशुल्क समाचार हेर्न सुन्न नदिने यिनै बिष्ट हुन् ।

एमालेका नाममा आइलागेका संस्थागत र सरकारी पद सबै प्राप्त गर्न सक्ने विष्ट दरबारिया पत्रकारहरू स्व. गोविन्द वियोगी, कामना प्रकाशनका स्व. पुष्करलाल श्रेष्ठको संगतबाट दरबारिया मण्डले भोजबहादुर थापाको भोजन गृहको हेरालु थिए । स्वतन्त्र प्रेसको आन्दोलन चल्दा भोजन गृहमा रमाउने डा. महेन्द्र बिष्ट समाचारपत्रमा तरकारीको सम्पादकीय लेख्थे भने पछि इमेज च्यानललाई आफ्नो नाममा दर्ता भएको एफएम रेडियोको लाइसेन्स बेचेर सम्पादक विभागको नेतृत्व लिन पुगेका हुन् । एमालेलाई यस्तै चाहिन्छ ।

प्रेस सेन्टर र चौतारीको नेपाल पत्रकार महासंघमा अलायन्स हुँदा डा. बिष्ट अध्यक्ष, खिलबहादुर भण्डारी वरिष्ठ उपाध्यक्ष, उजीर मगर महासचिव भएपनि वामपन्थी पत्रकारहरुले उठाएका मुद्दामा कहिले बहस भएन । स्वरोजगारमुलक पत्रपत्रिकाको हितमा उठेको आवाज दबाउन यो टोली सफल भयो । प्रेस चौतारीको तर्फबाट कोषाध्यक्ष बनेका शिरोमणि गौतम कहिले पेशागत मुद्दामा एकाकार भएनन् । माओवादीबाट गएका पदाधिकारीहरू त भुइँनभाँडाका बन्न सफल भएका थिए । एमालेले महेन्द्र बिष्ट बाहेक कोही पाएन् ? सार्वजनिक प्रसारण संस्थानमा अध्यक्ष हुने पात्र पत्रकार महासंघको चुनावमा आएको छ । प्रेस चौतारी आफै भित्र सर्वस्वीकार्य नहुने पात्र अध्यक्षका लागि केन्द्रमा अगाडि सार्दैछ ।

स्वरोजगारमूलक पत्रपत्रिकाको थलो काठमाडौँमा यस्तै विवादित व्यक्तिलाई अगाडि सार्दैछ । जो उम्मेदवार बन्नासाथ चुनाव जितेझैं बैंक तथा वित्तीय संस्थामा फोन गर्छ । आफ्नो बाहेक अन्यत्र पूर्वाग्रही आँखाले हेर्दा चौतारीका राम्रा र योग्यले छड्के हान्ने अवस्था छ । प्रधानमन्त्री ओली पत्नीको पैसा खानेहरु पनि झापाली भएर जबरजस्ती राजनीतिक नियुक्ति खाने भनेर कुदेका छन् । चौतारीका पूर्व अध्यक्षहरूले ठाउँ पाउनु परेन् । वर्तमान अध्यक्षको एमालेभित्र गणना नहुने हो भने त्यो संगठनका लागि दिनरात खट्नुको के अर्थ ? चौतारीमा जसले लेखकीय पत्रकारिताभन्दा मौखिक र नेताको चाकडी पत्रकारिताबाट कमाइ गर्छ त्यो नै प्रधानमन्त्रीको चाकडीमा पुग्छ भन्ने कुरा यिनै निर्णय काफी नहोलान् भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *