उपनिर्वाचनमा आ–आफ्ना जनप्रतिनिधि जिताउन दलहरुको दौडधुप

राजनीति समाचार

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको ४४ पदको उपनिर्वाचनमा चार सय भन्दा बढिले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने भने तापनि स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । ओखलढुङगामा एमालेले उम्मेदवारी नै नदिइकन कांग्रेसलाई निर्विरोध बनाएको छ । त्यसैगरी कैलाली र रुकुम पूर्वमा कांग्रेस–एमालेको गठबन्धन हुदैँछ ।

जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि उम्मेदवारहरुले निर्वाचन आयोगमा मनोनयन दर्ता गरिसकेका छन् । सो निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसके तापनि विभिन्न दलहरुले आ–आफ्नो उम्मेदवार जिताउन लभिङ सुरु गरेका छन् ।

लबिङ मात्र सुरु गरेका छैनन् सामदाम नै प्रयोग गर्न थालेका छन् । तर राजनीतिक दलहरुदेखि सर्वसाधारण जनता दिक्कवाक्क भएर अन्य विकल्पको खोजी गर्न थालेका छन् । अन्य दलहरुमा पनि स्थानीय तहको हित गर्ने व्यक्ति खोज्नुपर्ने सर्वसाधारणको भनाइ रहेको छ । सर्वसाधारणको भनाइ र राजनीतिक जनप्रतिनिधिहरुको काम गराइले आगामि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कुन पार्टीले बढि स्थानीय तहमा जित हासिल गर्छ त्यो भने अहिलेसम्म यकिन भइसकेको छैन । सबै राजनीतिक दल र स्वतन्त्रहरुले पनि आ–आफ्ना पक्षका जनप्रतिनिधिहरुलाई स्थानीय तहमा निर्वाचन जिताउन लागिपरेका छन् । तर, जो जहाँबाट लागी परेतापनि कसले जित हासिल गर्छ भन्ने कुरा आँकलन गर्न सक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *