महिला आयोगमा सवारीसाधनको लफडा

राजनीति समाचार

काठमाडौं । एउटा संवैद्यानिक आगोगमा आयुक्त र सचिवबीचको लफडा उत्कर्षमा पुगेको छ । यस्तो लफडा देखिएको हो भद्रकालीस्थित राष्ट्रिय महिला आयोगमा । त्यहाँको सचिवले प्रमुख आयुक्तसँग मिलेर आयुक्तको तलब काटिदिनेदेखि गाडी सुविधा,इन्धनको नाममा अनेकन बखडा गर्नेसम्मको गतिविधि गर्न थाले पछि उनीहरुको लफडा उत्कर्षमा पुगेको हो । यस्तै लफडाका कारण अस्ति उनै आयुक्त पठाओ चढेर राष्ट्रिय महिला आयोगको प्रांगणमा ओर्लनु परेको छ ।

अहिले महिला आयोगको प्रमुख आयुक्त छिन् कमला पराजुली र त्यहाँ काँग्रेसी कोटाबाट नियुक्ति खाएकी छिन् कृष्णकुमारी भट्टराई उनी नाताले केपी ओलीकै नातेदार । तर एमाले कोटाबाट नियुक्ति खाएकी पराजुली र सुशील कोइरालाको उत्तराधिकारीको रुपमा आफूलाई चिनाउने भट्टराईबीचको लफडा यति उत्कर्षमा छ कि उनले प्रमुख आयुक्तलाई खुलेआम भ्रष्टाचारीको आरोप लगाउँछिन् । त्यही कारण त्यहाँ दुइ आयुक्तको पानी बारावार छ । मुख्य सचिव एकनारायण अर्याल रहेकी सह सचिव (महिला आयोगको सचिव) पार्वती अर्याल प्रमुख आयुक्तको दाहिने हात बनेको उनको आरोप छ ।

आयोगमा १० वटा चार पाग्रे सवारी छन् । पाँच जना आयुक्तका लागि एक÷एक वटा,सचिव,उपसचिव,अधिकृत तहका कर्मचारीहरुले समेत त्यहाँको चार पांग्रे सवारी साधन प्रयोग गरिरहेका छन् । एउटा चार पाग्रे सवारी साधन भने २४ सै घण्टा हेल्पलाइनका लागि तैनाथ राखिएको छ । आयुक्त भट्टराईको सवारी चालकलाई डेंगु सक्रमण भए पछि उनले कार्यालयमा फोन गरेर आफूलाई लिन कुनै सवारी चालकलाई पठाइदिन आग्रह गरिन तर कार्यालयबाट सवारी साधन नभएको जबाफ आयो । यसरी कार्यालयमा १० वटा चार पाग्रे सवारी साधन हुँदा हुँदै आफूलाई लिन आयोगबाट कुनै सवारी साधन नपठाइए पछि कृष्णकुमारी पठाओ चढेर भद्रकाली पुगिन । त्यहाँ पुगेर उनले आयोगका कुन कुन आयुक्तले कुन सवारी चढ्छन् । कति कति इन्धन सुविधा लिन्छन् ?

भन्दै सो को हिसाब र निसाफ खोज्न थालेपछि आयोगमै एक क्षण रमिता मच्चियो । कर्मचारीहरुले यो जानकारी लिने भए सूचनाको हक अनुसार निवेदन हाल्नुहोस भने पछि कर्मचारीसँग उनको चर्काचर्की नै परेको थियो । आफ्नै कार्यालयको सूचना आयुक्तले माग्दा सूचनाको हक अनुसार निवेदन हाल्नुहोस भनेपछि आयुक्त कर्मचारीहरुसँग फायर भएकी हुन । संवैद्यानिक आयोगको आयुक्त मर्यादाक्रममा सहसचिव भन्दा धेरै माथि हुन्छन् तर सहसचिव पार्वतीले प्रमुख आयुक्तसँग मिलेर उनको तलब सुविधा काटिदिनेदेखि गाडी सुविधासम्मको बिषयमा उनीहरुको लफडा उत्कर्षमा पुगेको हो । यस्तै यस्तै गतिविधिका कारण संवैद्यानिक आयोग मानिएको महिला आयोग पेण्डुलम बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *