यस्तो छ, भक्तपुर र ललितपुर मालपोत प्रमुखहरुको रामकहानी

राजनीति समाचार

काठमाडौं । यतिबेला अधिकांश मालपोत एवं नापी कार्यालयहरु कर्मचारी र विचौलियको कारण बद्नाम हुँदै गएका छन् । मालपोत कार्यालयमा कर्मचारी सरुवा गर्नको लागि विचौलिया प्रमोद खड्को हालीमुहाली चलिरहँदा मालपोतका कर्मचारीहरु पनि मालदार अड्डामा सरुवा हुनको लागि तिनै विचौलिया प्रमोद खड्कालाई गुहार्न थालेका छन् । अहिले सबैंभन्दा विवादमा भक्तपुर मालपोत कार्यालय तानिएको छ ।

भक्तपुर मालपोतमा विवाद सिर्जना हुनुको मुख्य कारण अधिकांश खेतीयोग्य जमीनहरु तलसिंह र मोहीबीचको झगडाले मालपोतका कर्मचारीहरु रातारात अर्बपति बन्ने गरेका छन् । भक्तपुर मालपोत प्रमुख रहेका छन् कुमार आचार्य । कुमार आचार्य पनि धेरै विवादित व्यक्ति हुन् । आचार्यले लुम्बिनी मालपोतदेखि अन्य मालपोतमा बस्दा भ्रष्टाचार गरेर करोडौं कमाएको उजुरीसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बतान्छ । आचार्यविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परे तापनि विभिन्न सोर्सफोर्स लगाएर र पैसा चलखेल गरेर उनी भक्तपुर मालपोत कार्यालय प्रमुख बन्न पुगेका हुन् ।

भक्तपुर मालपोतमा पुगेपछि दुवाकोटस्थित वडा नम्बर १ मा पर्नेे कित्ता नम्बर १५६ को १ रोपनी ७ आना १ पैसा क्षेत्रफल भएको जग्गा मोही दर्ता गर्न बाँकी रहेको थियो । त्यस्तै कित्ता नम्बर १६० को १ रोपनी ९ आना जग्गा करोडौं पैसा लिएर भूमिसुधार ऐन २१ कार्यान्वयन निर्देशिका २०६० बिपरीत बाँडफाट गरी व्यक्तिको नाममा दर्ता गराएर लाखौं रुपैयाँ लिन सफल भएका छन् । सो जग्गा आचार्यले २०८१ भदौ २६ गते व्यक्तिको नाममा दर्ता गराएको बताइन्छ । मालपोत प्रमुख आचार्यको अनियमितता यो त एउटा सानो उदाहरण मात्रै हो । भक्तपुरमा यस्ता तलसिन र मोहीबीच लफडा परेका जग्गा कयौं रोपनी बाँकी छन् । मोही र तलसिनको विवादले भक्तपुर मालपोतको मुद्दा फाँटमा मुद्दाका फाइलहरु चाङ्गकाचाङ्ग छन् ।

मुद्दा फाँटका कर्मचारी र भूमाफियाहरु मिलेर सरकारी जग्गा दर्ता गराउने र मुद्दा मिलाउने नाममा ठूला मात्रामा पैसा लिनदेन गर्ने गरेका छन् । भक्तपुर मालपोतको यस्तो अवस्था छ भने ललितपुर मालपोतको त कुरै नगरौं । ललितपुर मालपोत कार्यालय प्रमुख रहेका छन् जीवन सेढाईँ । जीवन सेढाईँले ललितपुर मालपोतलाई सुधार्नुको सट्टा उल्टै विभिन्न बिचौलिया र भूमाफियाहरुसँग मिलेमतो गरी असुलीधन्दा चलाएका छन् । उनी विगत लामो समय यातायात कार्यालय र शहरी विकास मन्त्रालयमा बसेर कामभन्दा राजनीतिक दलका नेता रिझाउन र कमिसन खान व्यस्त रहे । सेढाईँ पोखरा यातायात कार्यालयमा पनि बस्न भ्याएका थिए । पोखरा यातायात कार्यालयमा कारर्यरत रहँदा कामभन्दा सुरासुन्दरीमा रमाउने गरेका थिए ।

पोखरामा रहँदा मदिराले मातेपछि होटल साहुनीलाई हातपात गर्न खोज्दा नराम्रोसँग कुटाई खाएको बताइन्छ । होटल साहुनीबाट पिटाइ खाएर घाइते भएपछि माओवादीले गोली हानेको हल्ला गरेर हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको समाचार स्रोतको दावी छ । सेढाईँलाई माओवादीले गोली हानी घाइते बनाएको भनेपछि उनको उपचार सरकारले गर्नुका साथै माओवादी पीडित कर्मचारीमा पनि गनिएका थिए । त्यतिबेला पोखरा यातायात कार्यालय प्रमुख थिए कृष्ण दवाडी । उनै दवाडीले सेढाईँलाई माओवादी पीडित भनेर उपचारको लागि काठमाडौं पठाएको स्रोतको भनाइ छ ।

अहिले दवाडी सहसचिवबाट अवकास प्राप्त भइसकेका छन् । तर, उनै दवाडीले ढाकछोप गरेर जागिर बँचाइदिएका सेढाईँ भने अहिले ललितपुर मालपोत कार्यालय प्रमुख बन्न पुगेका छन् । मालपोत प्रमुखहरुको हालत यस्तो छ भने उता भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको हविगत पनि त्योभन्दा कम छैन । मन्त्री अधिकारीले कर्मचारी सरुवामा व्यवस्थित गर्नुपर्नेमा त्यो नगरी पैसा र पावरको भरमा योग्य र दक्ष कर्मचारी पाखा लगाएर कनिष्ठलाई मालदार ठाउँमा सरुवा गर्ने गरेका छन् । कर्मचारी सरुवा गर्दा राम्रो व्यवस्थापन गर्न नसक्दा मन्त्री विवादमा तानिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *