गृहमन्त्री निकम्मा बन्दा प्रहरीप्रशासन गुमनाम

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मन्त्रालय सम्हालनेको चारमहिना पुगिसक्दा पनि गृहप्रशासनलाई चलायमान बनाउन सकेका छैनन् । गृहमन्त्री लेखक राजनीतिक दलदेखि सबैतिर आलोचना हुन थालेको छ । मन्त्री लेखकले सिडियो र प्रहरीहरुलाई सरुवा गर्दा परराष्ट्रमन्त्री आरजु देउवा राणाको सल्लाहबमोजिम मात्रै गर्ने गरेका छन् । प्रहरी संगठनलाई पनि चुस्तदुरुस्त बनाउन सकेका छैनन् । प्रहरी प्रभागहरु पनि निकम्मा जस्तै भएर बसेका छन् । काठमाडौं उपत्यकाको काठमाडौं, भत्तपुर र ललितपुरका प्रहरी कार्यालय प्रमुखहरुले गृहमन्त्रीकै कारण काम गर्न नसकेको आरोप लाग्दै आएको छ । भक्तपुर जिल्लामा यतिबेला १२ मासे जुवा खेलाउने, मदिरा सेवन गर्ने र गराउनेहरुको थलो बन्दै छ ।

चाडपर्व सकिएको महिनादिन नाघिसक्दा पनि मदिरा सेवन गर्ने र जुवा तास खेल्ने÷खेलाउने काम छोडिएको छैन । त्योसँगै प्रत्येक खाजा र भट्टी पसलहरु यौनधन्दा सञ्चालन गर्ने थलो बन्दै गएका छन् । यस्ता खाजा पसलहरुमा बाहिर यहाँ स्वादिष्ट खाजा पाइन्छ भनेर लेखिएको हुन्छ भित्र पस्यो भने अर्कै धन्दा चलिरहेको पाइन्छ । उता ललितपुर जिल्लामा त महिला प्रहरी अधिकृतले नै केटी प्रयोग गरेर व्यापारीलाई हनीट्यापमा पारी ३० लाख रुपैयाँ असुलेको घटना ताजै छ । भक्तपुर र ललितपुरको अवस्था यस्तो छ भने काठमाडौंको त कुरै नगरौं ।

काठमाडौं जिल्लाभित्र सञ्चालित भट्टी पसल र गेष्टहाउसहरुमा हुने गरेका यौनधन्दाको चर्चा गरीसाध्ये छैन । यौनधन्दा नफस्टाओस् पनि किन ? एकातिर बेरोजगारी समस्या छ भने अर्कोतिर महंगीले सर्वसाधारण जनताको ढाड सेकेको छ । कालाबजारी र माफियाहरुले नेपाली बजार कब्जा गरिरहेका छन् । अशिक्षा र बेरोजगारीको कारण नै यौनधन्दा फस्टाउने गरेको पाइन्छ । यसले यौनधन्दा मात्रै फस्टाएको छैन, कतिपय महिलाहरुले हनीट्यापमा पार्ने र यौनदूरव्यवहारको आरोप लगाउने काम पनि त्यत्तिकै हुने गरेको छ । त्योसँगै सामाजिक सञ्चालमा भीउज बढाउने नाममा जथाभावी बोल्ने, फोटो पोष्ट र भिडियो बनाएर पोस्ट गर्ने कारणले पनि मानिसहरु साइबरक्राइममा मुछिन पुगेका छन् ।

जनमानसमा फैलिएका यस्ता सम्वेदनशील विषयमा नेपाल प्रहरी मुकदर्शक बनेर बसिरहेको छ । सामाजिक सञ्जालमा जथाभावी गालीगलौज गर्नेलाई छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै प्रहरी र कर्मचारी सरकारी पोशाकमा टिकटक बनाएर पोष्ट गरी रमाउने गरेका छन् । यस्ता सम्वेदनशील विषयमा न त गृहमन्त्रीले ध्यान दिएका छन् न त प्रहरी प्रशासनले ध्यान दिएको छ । शान्तिसुरक्षाभित्र परेका यस्ता विषयमा ध्यान दिन नसक्दा गृहमन्त्री खेलक दिनप्रतिदिन आलोचित बन्दै गएका छन् ।

गृहमन्त्री बद्नाम हुनुमा गृहसचिवको ठूलो हात रहेको बताइन्छ । गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी प्रशासनलाई चलायमान बनाउन नसक्दा सबैतिर शान्तिसुरक्षा फेलियर हुँदै गएको छ । प्रहरीको नीतिनियम एकातिर छ भने गृहसचिव दुवाडीको ध्यान अर्कैतिर छ । उनी आफू गृहसचिव बन्दा गरेको खर्च उठाउनमै व्यस्त देखिन्छन् । यतिबेला अध्यागनम कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुसँग सचिव दुवाडीको उठ्तीपुठ्ती धन्दा चलिरहेको स्रोतको भनाइ छ । हुन त दुवाडीले भूमि, सहकारी तथा गरिवी निवारणसचिव हुँदा पनि भूमाफियाहरुसँग मिलेर अकुत सम्पत्ति आर्जन नगरेका होइनन् । उनी निर्वाचन आयोगको अनियमिततादेखि कोशी प्रदेशको साइकल खरिद काण्डमासमेत मुछिएका व्यक्ति हुन् । उनै दुवाडीको कारण गृहमन्त्री लेखक दिनप्रतिदिन आलोचित हुँदै गएको गृहमन्त्रालयभित्र हल्ला चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *