एमाले–कांग्रेस सरकार भ्रष्टाचारको जालझेलमा

राजनीति समाचार

काठमाडौं । प्रोजेक्ट र लगानी चीनको नाम नेपालले फेर्ने भनेर सरकारले नाटक गरेको छ । देशको राजस्व र व्यापारीलाई सुम्पेर विदेशी ऋण लिएर विकासको खाका कोर्न कांग्रेस एमालेको योजनाले छिमेकी पनि दङ्ग छन् । भ्रष्टहरूबाट समृद्धि र विकासको आस गर्न सकिँदैन । तर सत्ता गठबन्धनले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोडको नाममा फ्रेमवर्क भनेर झुक्याउन खोजेको के हो ? जबकि नेपाल गरिब मुलुक भनेर चिनाउन केपी ओली नेतृत्व सफल छ । मुलुकमा राजस्व बढाउने नाममा साधारण जनतालाई शोषण गर्ने, कालोबजार चम्काउने, सरकारी नीति निर्णय माफियाको हितमा गर्ने ओली सरकारको राष्ट्रिय योजना छ ।

आफूले अनुदान माग्नेले देशको राजस्वको सदुपयोग गर्नुपर्छ । तर देशका जनतालाई साथ नदिने राजस्व उठाउन गरिबलाई सताउने धनी पोस्ने सरकार छिमेकीसँग अनुदान माग्नु लज्जित हुन्न सरकारले काठमाडौँ रसुवागढी टोखा खहरे सुरुङ कोरोलाको भन्सार भवन मदन भण्डारी विश्वविद्यालय भवन निर्माण डडेलधुरामा रङ्गशाला झापामा नेपाल चीनमैत्री पार्क हिल्सा सिमिकोट सडक रसुवागढी अन्तर्राष्ट्रिय प्रसारण लाइन र जलविद्युत आयोजना रहेका छन् ।

सरकारलाई जनता र राष्ट्रभन्दा माफिया र तस्करहरूको माया बढी छ । सहकारी ठगहरू एमाले र कांग्रेसकै धेरै छन् । कारबाही भए पार्टी रित्तिने अवस्था छ । सरकारले छिमेकीसँग आस गर्दा आफ्नो तर्फबाट गरिएको योजनाको प्रतिफल देखाउन सक्दैन भने छिमेकीले हेप्छ । ८७ सदस्यीय टोलीले चीनमा भोजभतेर त गर्ला तर नेपालीलाई आशा गर्ने प्रतिफल पाउन कठिन छ । किनकि ओली सरकार भ्रष्टाचारीहरूको जालझेलमा फसेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *