रवि फसाउन सीआईबी, कान्तिपुर र सरकार एकजुट

राजनीति समाचार

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने अन्तत फस्ने भएका छन् । उनी आफैंले हस्ताक्षर गरेको १ करोड २६ लाखको चेक प्रहरीले देखाएपछि लामिछाने सडक जात्रा रोक्न बाध्य भएका हुन् । लामिछानेलाई अन्याय भयो भनेर बोल्ने पनि घटेका छन् ।

कान्तिपुरका कैलास सिरोहिया रविका गल्ती खोज्ने प्रहरीले प्राप्त प्रमाण कान्तिपुरलाई दिने र सरकारको निर्देशनमा अदालतका न्यायाधीशले प्रहरीलाई थुनामा राख्न समय दिएर नाटक मञ्चन गरेको देखिन्छ । रास्वपाको बढ्दो क्रेजले कांग्रेस र एमाले पीडामा छन् ।

रास्वपामा प्रवेश गरेका युवाहरू विदेश बसेर नेपाल फर्केका धेरै छन् । उनीहरू कांग्रेस एमालेलाई चन्दा दिएर हैरान थिए । नेताहरू पार्टीका नाममा चन्दा लिने आफैं कुम्ल्याउने गरेकाले चन्दादाताहरू दलको आलोचना गर्छन् । जनताको हितमा निर्णय नहुने, बिचौलियाको भरमा सरकार चल्न थालेको बेला सरकार पक्षका धनराज गुरुङ, ऋषिकेश पोखरेल माथि छानबिन नहुँदा समाज लज्जित छ । नेकपा एमाले आफु हजम गर्ने, अन्य दलमाथि सहकारी ठगेको बात लगाएर मस्ती गर्ने पार्टी भएको छ ।

कान्तिपुरका कैलाशको अंगीकृत नागरिकतालाई वंशजको बनाउने गृह प्रशासनलाई कानुन तोडेकोमा ध्यान छैन । डा.आरजु राणाको नियोजित षड्यन्त्रमा भएको रवि पक्राउ प्रकरणलाई राजनीतिक रुपमा विश्लेषण गर्न छाडिएको छ । षड्यन्त्र जालझेल बिचौलिया फन्दामा सञ्चालित केपी ओली नेतृत्वको सरकार साना दललाई छिन्नभिन्न पार्न असफल भएको छ । दल विभाजन सम्बन्धी अध्यादेश गृहमा थन्केपछि सरकारको ध्यान रास्वपा सभापतिलाई जेलमा थन्क्याउनमा केन्द्रित छ । सीआईबी सूचना दिने, कान्तिपुर समाचार छाप्ने र अदालत सरकारको आदेश मान्ने खेल चर्को छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *