वामदेवलाई न्याउरी मारी पछुतो !

राजनीति समाचार

काठमाडौं । सोझो व्यवहारले चल्दैन राजनीति । छुद्रताले छान्दैन कुटनीति भनेजस्तै भएको छ वामदेव गौतम र प्रधानमन्त्री केपी ओलीको बालुवाटार बसाइँ । वामेदेवलाई नेकपा एसले रातो कार्पेट बिछ्याउँदा एमाले मोहमा नाचेको फल हप्तादिनमै आयो । एमालेले विधानको तोडमोड गरेपनि वैधता आउने थिएन । वामदेवलाई हिजोको हैसियत दिने ठाउँ थिएन । वामदेव नेकपा हुँदै एकता राष्ट्रिय अभियानका नेता भएकै थिए ।

विचार र सिद्धान्तका कुरा हुँदा वामदेवको लागि मरिमेट्ने अवस्था छैन । युवाहरुले केपी ओलीले दिन्छन् र खाउँला भनेर बसेका छन् । उनीहरु पार्टीको सचिव र केन्द्रीय सदस्यसम्म छन् । तिनले वामदेव पार्टीको गौरव हो भन्न सकेनन् । वामदेवसँग त्यस्तो केही थिएन । केपी ओलीले नै राष्ट्रियसभा सांसद बनाए । श्रीमती तुलसा थापा समानुपातिक सांसदमै थिइन । तर उनलाई राष्ट्रिय सभा सांसद भएर पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्नुपर्ने वाचा केपी ओलीको थिएन ।

पछिल्लो पटक वामदेव गैतमलाई पार्टीमा मर्ज गर्नेगरी नेकपा एमालेले भदौमा विधान अधिवेशन गर्ने घोषणा गरेको छ । एमालेको त्यो घोषणाले नाच्दै हास्दै थन्कदै गरेका वामदेवको लागि दाँतमा ढुंगा लागेको छ । कम्युनिष्ट पार्टीहरु मिलाउने अभियानका वामदेव आफै अलपत्र परेका छन् । जसलाई माधव नेपालले राम्रो कार्पेट ओछ्याएका थिए । अब वामदेवका लागि नेपाली उखान न्याउरी मारी पछुतोजस्तो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *