काठमाडौं । पार्टीबाट राष्ट्रपति भएका डा.रामवरण यादव सेतो हात्तीको उपमा दिए हुने भएपनि ठूलो इस्यु नबनाएका कांग्रेसीहरुलाई एमालेकी राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउने चर्चा चल्दा चिन्ता प्रकट गर्न थालेका छन् । नेपाली जनताको रगत पसिनाबाट संकलित राजस्वबाट मासिक तलब घरभाडा लिएका डा.यादवको आफ्नै घर छ । तर डा.यादवले देशको अवस्था लत्याउँदै आफु राजा खान्दानीमै बाँच्न चाहेका छन् ।
कांग्रेसी राष्ट्रपति पेशाले विगतमा चिकित्सक । उनले हप्ताको एक दिन वीर अस्पताल, अर्काे दिन शिक्षण अस्पताल अर्काे दिन सरुवा रोग अस्पताल टेकुमा गएर बिरामी जाँच गर्ने हो भने सत्ताका नायकहरुलाई सोच्नुपर्ने हुन्थ्यो । तिनको निर्णय सरकारले काट्न सक्दैनथ्यो । तर राजनीतिमा लागेर राष्ट्रपति भएपछि उक्त काम गर्न सकेनन् । सरकारले दिएको हण्डीले पुगेन भन्दै २०७९ को चुनावका बेला यिनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ३५ लाख लिन पछि परेनन् ।
थाइराइडका रोगीको उपचार गर्न सरकारले जनतालाई केही दिएन । तर डा.रामवरण यादवले १ करोड ७४ लाख झ्याप पारेको इतिहास छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई एमालेकी विद्या भण्डारी राजनीतिमा आउँदा चिन्ता किन ? कांग्रेसीहरुमा चिन्ता देशका सेता हात्ती बढ्नुमै छ । तर विद्या भण्डारीलाई राजनीतिमा आउन छेक्नु जरुरी छैन । किनकि विदेशमा जोसुकै राष्ट्रपति पदबाट हट्नासाथ पुरानै पेशामा फर्कने गरेका छन् ।