काठमाडौं । एमाले र कांग्रेस दुई ठूलो दल मिलेर बनेको दुईतिहाई हाराहारीको सरकारले दीर्घकालिन विकास र जनजीविकाको सवालमा काम गर्नुपर्ने हो । तर, ठूला दुई दल मिलेर बनेको पूर्ण बहुमतको सरकारले पनि राजनीतिक भागबन्डामा अल्झिएर विकास निर्माण र जनजिविकाको सवालमा काम गर्न सकेको छैन । राज्यका सबै क्षेत्रमा राजनीतिक भागबन्डा चलेपछि जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । सरकारले आर्थिक समृद्धि र विकास निर्माणसँगै स्वास्थ्य, शिक्षा र सुशासन जस्ता विषयमा ध्यान दिएको पाइँदैन ।
बरु उल्टै विभिन्न फण्डा मच्चाएर सरकारको आयु बढाउने काम भइरहेको छ । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार दल कांग्रेसलाई अलमल्याएर संवैधानिक आयोगदेखि विभिन्न महत्वपूर्ण निकायहुँदै मुख्यसचिव र राजदुतमा एमालेलाई हावी गराएका छन् । उता, कांग्रेस सत्ता साझेदार ठूलो दल नेपाली कांग्रेस सानातिना कुरामा अल्झिएर प्रधानमन्त्रीको गुमाराहमा परिरहेको छ । त्यसको फाइदा एमालेले उठाइरहेको छ । एमालेले नियुक्ति, सरुवा, बढुवामा मात्रै नभएर उद्योगधन्दामा समेत आफ्नो पकड जमाएको छ । उता बैंक, वित्तीय संस्थादेखि केबुलकारलगायत विभिन्न उद्योगका मालिक चन्द्र प्रसाद ढकाल एमालेकै कार्यकर्ता हुन् ।
आईएमई नामको सानो कम्पनीबाट व्यवसाय थालेका ढकाल रातारात अर्बपति बन्न सफल भएका छन् । त्योसँगै उद्योगी, व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत बन्न सफल भएका छन् ढकाल । एमालेका टिपिकल कार्यकर्ता ढकाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि निजी उद्योगी, व्यापारीहरुलाई फाइदा हुने योजना बनाउँदै आएका छन् । सरकारी स्वामित्वमा रहेका उद्योगधन्दालाई धरासायी बनाउँदै लाँदा देश आर्थिकमन्दीको मार परिरहेको छ ।
किन भने उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल, अर्थमन्त्री विष्णु पौडेल, युवराज खतिवडा र मुख्यसचिव एमालेकै क्याडर हुँदा पनि अर्थतन्त्र धरासायी बन्दै गएको छ । अध्यक्ष ढकालले आफ्नो व्यापार व्यवसायलाई फाइदा हुने योजना बनाइरहेका छन् । ढकालले सरकारी जग्गा हडपेर चन्द्रागिरी हिल्स केबलकार निर्माण गरिसकेका छन् । त्यसैगरी ढकाले देशैभरी केबलकार खोल्ने योजना बनाइरहेका छन् ।
केबलकार खोल्ने योजना मात्र बनाइरहेका छैनन् आइएमईबाट हुन्डीको कारोबार समेत गर्ने गरेको स्रोतको भनाइ छ । त्यसैगरी आईएमई लिमिटेड, ग्बल आईएमई बैंकदेखि विभिन्न व्यापार व्यवसायीमा कर छली गर्ने गरेको आरोप ढकालमाथि लागिरहेको छ । सरकारी जग्गा हिनामिनादेखि कर छली गर्ने व्यापारी ढकाललाई संरक्षण दिने काम अर्थमन्त्री पौडेल र मुख्य सचिव अर्यालले गरिराखेका छन् । मा ढकाललाई साथ दिनेमा मुख्यसचिव एक नारायण अर्याल र अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
त्योसँगै प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री युवराज खतिवडा र राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत ढकाललाई सहयोग गर्दै आएका छन् । ढकाल, अर्याल र खतिवडा मिलेर देशमा सुशासनको काम गर्ने भन्दा पनि आर्थिक लाभ कसरी लिने होडबाजी चलिरहेको छ । चन्द्र ढकाल र एक नारायण अर्याललको सम्बन्ध तत्कालीन गृहसचिव हुँदादेखि बनेको थियो । अर्याल गृहसचिव हुँदा उनै ढकालले सचिव प्रयोग गरेर कालो धनलाई सेतो बनाउने धन्दा चलाएका थिए ।
पछि उनै ढकालले अर्याललाई मुख्यसचिव बनाउने भूमिका निर्वाह गरेका थिए । पहिला आईएमईबाट व्यवसाय थालेका ढकाल अहिले उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्न सफल भएका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्षको हैसियतले सरकारलाई सरकारलाई जति सहयोग गर्नुपर्ने थियो त्यो पनि गर्न सकेका छैनन् । ढकाल अध्यक्ष भएपछि सरकारी स्वामित्वमा रहेका उद्योगधन्दालाई सहयोग नगरी निजी क्षेत्रका उद्योगधन्दा सञ्चालन गर्नेहरुलाई फाइदा पु¥याउने काम गर्दै आएका छन् ।
सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट कारखाना बन्द भएको अवस्स्थामा त्यसलाई सञ्चालनमा ल्याउन सकेको छैन । सरकारी स्वामित्वमा रहेको उद्योगहरु खुलाउनुपर्नेमा त्यो नगरी उल्टै निजी क्षेत्रबाट सञ्चालन भएका उद्योगी, व्यापारीहरुलाई पोस्ने काम गर्दै आएको छ । उनीहरुको संरक्षण अध्यक्ष ढकालले गर्दै आएका छन् ।
त्यसको उदाहरण लिन सकिन्छ प्रति बोरा चार सयमा पाउने सिमेन्ट अहिले आठ सय पर्न थालेको छ । उद्योगमन्त्री दामोदर भण्डारीले पनि निजी क्षेत्रबाट सञ्चालन भएका सिमेन्ट उद्योगीहरुलाई प्रोत्साहन दिने काम गरेका छन् । हालै सिमेन्ट उद्योगहरुले प्रति बोरा चारसय पच्चास पर्ने सिमन्टलाई मुल्य बढाएर आठसय भन्दा माथि पु¥याएका छन् । उता, उद्योगी, व्यापारीहरुले मनोमानी ढंगले मुल्य वृद्धि गर्दा पनि सरकारका निकायहरु गुमनाम बन्न पुगेका छन् ।