नेपथ्यमा रहेका गौतम फेरि सक्रिय हुन थाले

राजनीति समाचार

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट   २०७७ साल फागुन २३ मा नेपाल कम्युनिस्ट पार्टी विभाजित भएर नेकपा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएदेखि सक्रिय राजनीतिबाट किनारा लाग्न थालेका र २०७७ साल भदौमा माधव नेपालको नेतृत्वमा नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी गठन भएदेखि कुनै पार्टीमा पनि समावेस नभ एका र सक्रिय राजनीतिमा देखासमेत नपरेका वामपन्थी नेता वामदेव गौतम अहिले कम्तिमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र माओवादी केन्द्रकाबीचमा एकीकरण गराउने र यो प्रयास सफल हुन नसके कम्युनिस्ट शक्तिका बीचमा कार्यगत एकता तथा गठबन्धन कायम गर्ने अभियानमा सक्रिय हुन थालेका छन् ।, वामपन्थी नेता गौतमले संविधान संशोधन गरेर शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने प्रस्ताव पनि अगाडि ल्याएका छन् ।

उनको यो प्रस्ताव अनुसार राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्ने र संसद्को गठन पुनः समानुपातिक निर्वाृचनबाट हुनुपर्ने प्रस्तावलाई वामपन्थी नेता गौतमले अगाडि सारेका छन् । अहिले प्रचलनमा रहेको संघीयतालाई पनि परिमार्जन गर्नुपर्ने प्रस्ताव वामपन्थी नेता गौतमको छ ।

यता गौतमले अहिलेको प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई समेत समावेश गरेर ठूलो शक्तिशाली कम्युनिस्ट पार्टी गठन गर्नुपर्ने योजना उनले अगाडि सारेका छन् । आपूmले अगाडि सारेको यो कम्युनिस्ट शक्तिहरुका बीचमा एकता गर्ने प्रयास असफल भए आफ्नै नेतृत्वमा अर्को कम्युनिस्ट पार्टी गठन गर्ने योजनामा पनि वामपन्थी नेता गौतम अगाडि बढिराखेका छन् ।

गौतम कम्युनिस्ट शक्तिका बीचमा एकता हुननसके आगामी मंसिरमा हुने आमनिर्वाचनमा सहभागी हुने गरी कम्युनिस्ट पार्टी गठन गर्ने गृहकार्यमा लागेका छन् । उनले आपूmले गम्भीर भूमिका खेल्न नसकेको कारण नेपाल कम्युनिस्ट पार्टी सर्वोच्चको निर्णयबाट २०७७ साल फागुन २३ गते विभाजित भएपछि नेकपा एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्न नसकेकोमा पनि पश्चाताप गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *