काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको छ।
विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२स् ४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) एक सय ९१ पुगेको छ।
आइक्यु एयरका अनुसार भियतनामको हनोई विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ। चीनको बेइजिङ नेपालपछि तेस्रो नम्बरमा छ।