माफियाको जालोमा सरकार, बजारमा अखाद्य वस्तुको विगविगी

राजनीति समाचार

काठमाडौं । दुई ठूला दल मिलेर बनेको सरकारले न त भ्रष्टाचार नियन्त्रण गर्न सकेको न त खाद्यान्नमा अखाद्य मिसावट रोक्न सकेको छ । त्योसँगै महंगीले आकास छोएको छ । मदिरादेखि अन्य पेयपदार्थमा मिसावट गरी विक्रीवितरण गर्ने व्यापारीहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । देशका अधिकांश ठाउँमा गुणस्तरहिन मदिराहरु बिक्रीवितरण भइरहेका छन् ।

मदिरा उत्पादन गर्ने कम्पनीहरुले गुणस्तरहिन उत्पादन गरिराखेका छन् । त्योसँगै मदिरा विक्रीवितरण र ओसारपसारमा पनि कर छली गर्नेको संख्या कम छैन । कतिपय मदिरा उत्पादन गर्ने कम्पनीहरुले सक्कली मदिराको बिर्को र बोतल प्रयोग गरेर नक्कसी मदिरा बजारमा ल्याउने काम गरिराखेका छन् । तिनै नक्कली मदिरालाई सक्कली दाममा बेचेर उपभोक्ताको जीवनमाथि खेलवाड गरिराखेका छन् । त्यस्ता व्यापारी र उद्योगीहरुलाई सरकारले निगरानी गर्न सकेको छैन ।

उद्योगी व्यापारीहरुले पनि सरकारलाई गुमहरामा पारेर डेट सकिएका खाद्यान्नहरु नयाँ स्टिकर टाँसेर बजारमा बिक्रीवितरण गर्दै आएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभागले पनि त्यस्ता उद्योगीहरुलाई कारबाही गर्न खोज्दा महानिर्देशकहरु नै सरुवामा पर्ने गरेका छन् । खाद्य गुण नियन्त्रण विभागका महानिर्देशक र उद्योग वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक सरुवा परेका छन् ।

सरकार तिनै विचौलिया र तस्करहरुको जालमा परिरहेको छ । उपभोक्ताहरु दिनप्रतिदिन ठगिइरहेका छन् । यसरी उपभोक्ता ठगिइरहँदा पनि सरकारका सम्बन्धित निकायहरु गुमनाम बसिरहेका छन् । सरकारले सर्वसाधारण जनतालाई सर्वसुलभ ढंगले खाद्यान्नको व्यवस्थापन गर्नुपर्नेमा त्यो पनि गर्न सकेको छैन । बजारमा खानेतेल, घिउ, चामल, दाल, चिनी जस्ता दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको छ । त्यतातिर सरकारको ध्यान जान सकेको छैन ।

सरकार भने कर्मचारी सरुवा, बढुवा गरेर भ्रष्टाचार गर्ने, दल फुटाउने विधेकदेखि अन्य विधेयक ल्याउनमा तल्लीन छ । सर्वसाधारण जनता भने महंगीको चपेटा र बेरोजगारको मारमा परिरहेका छन् । राजनीतिक दलहरु यस्ता विषयमा कुरा उठाउन छाडेर आफ्नो फाइदाको लागि नीतिनियमलाई तोडमोड गर्न व्यस्त छन् । नयाँ शैक्षिकसत्र सुरु हुन थालेको छ । शैक्षिक माफियाहरुले शिक्षा क्षेत्रमा व्यापक रुपमा खेलिरहेका छन् । विदेशीको इसारामा नेपालको धर्म, संस्कृतिलाई मेटाएर विदेशीको कल्चर अनुसारको पाठ्यपुस्तक तयार गरिराखेका छन् । त्योसँगै पठ्यपुस्तक छपाइदेखि विभिन्न मसलान्दमा विचौलियाहरुले खेलोफड्को गरिराखेका छन् । तर, त्यस्ता जल्दाबल्दा विषयमा शिक्षामन्त्रालयको ध्यान जान सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *