रामचन्द्र बस्नेत
पुराना दलहरुकै कारण नेपाली राजनीतिमा स्वतन्त्रहरु हावी हुँदै गएका छन् । स्वतन्त्रहरु जति हावी भए तापनि दलहरुको अगाडि उनीहरुले खासै माखो मार्ने काम गरेका छैनन् । दलहरुको विरुद्ध जेहाद् छड्न काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन, धरानका केयर हर्क साङपाङ र धनगढीका मेयर गोपी हमाल जस्ता व्यक्तिहरु स्वतन्त्रको नाममा जन्मिए । उता, दलको विरुद्ध स्वतन्त्रको नाममा दल खोलेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रवि लामिछानेले पुराना स्थापित दलहरुलाई ‘आच्छुआच्छु’ बनाए ।
ठूला दलका नेताहरु भ्रष्टाचारी भए हामी राम्रो काम गर्छौं भनेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेर उपप्रधानसहित गृहमन्त्री समेत बनेका रवि लामिछाने यतिबेला सहकारी ठगीमा मुछिएका छन् । तर, बालेन शाह, हर्क साङपाङ र गोपी हमाल भने राजनीतिक दलका नेताहरुलाई चुनौती दिँदै हिँडेका छन् ।
सघीय सरकारलाई ठाडै चुनौती दिन थालेपछि सरकारको नेतृत्व गरेका नेकपा एमाले काठमाडौंका मेयर बालेन शाहलाई सिध्याउने खेलोफड्कोमा जुटेको छ । उता, बालेन शाह पनि एमालेलाई काठमाडौं उपत्यकाबाट बाइबाइ गर्ने योजनामा लागिपरेका छन् । एमालेले पनि काठमाडौंकी उप–मेयर सुनिता डंगोललाई प्रयोग गरिरहेको छ । उता, रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सिध्याउनको लागि नेपाली कांग्रेस न्वारनदेखिको बल निकालेर लागिपरेको छ । कांग्रेसभित्र पनि खासगरी रवि लामिछानेको खेदो खन्नेमा महामन्त्री गगन थापा अग्रपंत्तिमा देखिएका छन् । एमालेबाट महेश बस्नेत लागेका छन् कांग्रेसबाट गगन थापा उत्रिएकधा छन्
। यता, कांग्रेस र एमाले दुई ठूला दलहरु जसरी हुन्छ आगामी २०८४ को निर्वाचनमा स्वतन्त्रलाई हराउने अभियानमा जुटेका छन् भने स्वतन्त्रहरु दल हराउ अभियानमा जुटेका छन् । यतिबेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बालेन र रविका साईबर सेनाहरु लागिपरेका छन् ।
रवि र बालेनका साइबर सेनाले गर्दा प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रमहरुमा सहभागि हुन छाडेका छन् । रवि र बालेनका साईबर सेनाको डरकै कारण गत शिव रात्रीको दिन पशुपति दर्शन गर्न प्रधानमन्त्री गोप्य रुपमा पुगेका थिए । त्योसँगै नेपाली कांग्रेसका सभापति तथा सत्तासाझेदार दलका नेता शेरबहादुर देउवा पनि सुटुक्क पुगेका थिए । कुनै दिन यिनै केपी ओली र शेरबहादुर देउवा उपस्थित हुने कार्यक्रमहरुमा लाखौको सहभागिता हुन्थ्यो भने आज तिनै नेताहरु भागाभागको स्थितिमा पुगेका छन् । त्यसले गर्दा पनि आगामी २०८४ को आमनिर्वाचनमा राजनीतिक दलका नेता र स्वतन्त्रबीच को कति पानीमा छन् भन्ने चर्लङ्ग हुन्छ ।