सरकारले बालअधिकार दिलाएकै हो त ?

राजनीति समाचार

काठमाडौं । नेपालमा १४ मुनिका बालबालिकालाई काममा लगाउन नपाउने भनिए तापनि घरेलु कामदारदेखि होटेल, रेष्टुरेन्ट र गाडीमा खलासीको काम गर्न बाल्बालिकालाई प्रयोग गरेको देखिन्छ । राजनीतिक दलका नेता, मन्त्री, सांसददेखि व्यापारी र उच्च तहका कर्मचारीहरुको घरमा पनि भान्से अथवा सरसफाइको काम गर्न दूरदराजबाट गरिवीको रेखामुनि परेका बालबालिकाहरुलाई ल्याएर प्रयोग गर्ने गरिएको पाइन्छ । कतिपय घरेलु काममा राखिएका बालबालिकाहरु श्रम शोषणमा पर्नुको साथै यौनजन्य हिंसामा समेत पर्ने गरेका छन् । जसले बालअधिकारको कुरा उठाउँछन् उनीहरुकै घरमा बाल श्रमषण हुने गरेका थुप्रै घटनाहरु बाहिर आइरहेका छन् ।

बालश्रम शोषण गर्नेमा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुदेखि न्यायाधीशहरुसमेत पर्ने गरेका छन् । त्यसैगरी कतिपय होटेलज रेष्टुरेन्टका मालिकहरुले बालबालिकाहरुलाई बिना पारिश्रमिक काम लगाउने र यौन हिंसा गर्नेसम्मको काम गर्दै आएका छन् । त्यस्तै कतिपय कलकारखामा पनि बालबालिकाहरुलाई काम लगाउने र पारिश्रमिक नदिने गरेको गुनासाहरु पनि आइरहेका छन् । त्यस्तो विषयमा न त मानव अधिकारवादीले कुरा उठाउँछन् त न सम्बन्धित निकायले अनुगमन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउँछन् । सरकारले बालबालिकालाई श्रम शोषणबाट अलग राख्ने भनिरहँदा कतिपय उच्च तहका कर्मचारी, न्यायाधीश, राजनीतिक दलका नेता र सुरक्षा निकायका उच्च तहका व्यक्तिको पढाउने नाममा घरेलु काममा बालबालिकालाई प्रयोग गर्ने गरिरहेको पाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *