काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
अन्य नेता उपस्थित भए पनि पार्टी अध्यक्ष केपी ओली भने अहिलेसम्म पार्टी कार्यालयमा पुगेका छैनन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष, महासचिवसहित शीर्ष नेता कार्यक्रममा उपस्थित छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय जलाइएपछि कार्यक्रम खुला ठाउँमा मञ्च बनाएर आयोजना गरिएको छ ।
जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।
