काठमाडौं । नेपालमा पहिलो पटक एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान हुने भएको छ ।
शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निर्देशक विनोद कुँवरले शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम जारी हुने जानकारी दिएका हुन् । नेपालमै पहिलो पटक रातिमा प्रतियोगिता सञ्चालन गर्ने गरी करिब सात करोड लागतमा पाँचवटा फ्लड लाइट जडान गर्न लागिएको बताएका छन् ।
स्टेडियमका निर्देशक सूर्य कुँवरका अनुसार नेट प्राक्टिसका लागिपनि पिचको काम अन्तिम चरणमा हुनुको साथै चार तलाको दुईवटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेजिंग रुम र मिडिया बक्स निर्माण कार्यपनि अन्तिम चरणमा पुगेको उनले बताएका छन् । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेकोले पाँच वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब दुई वर्षभित्र सबै काम सम्पन्न हुने उनले जानकारी दिएका छन् ।