अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति ट्रम्पको हस्ताक्षर

देश/विदेश विविध समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने आदेशमा निर्णय गरेको बीबीसीले जनाएको हो । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।नेदरल्यान्डको शहर द हेगमा अवस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत सन् २००२ मा स्थापना भएको थियो । यसमा एक सय २४ देशका सदस्यहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा गाजा क्षेत्रमा बर्बर आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै इजरायलका प्रधानमन्त्री नेतान्याहू र पूर्व रक्षामन्त्री योव गालान्टमाथि गिरफ्तार वारेन्ट जारी गर्दा ट्रम्पले सोही अदालतलाई प्रतिबन्ध लगाएर अमेरिका इजरायलको साथमा रहेको सन्देश दिएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय अपराध अदालतमा अमेरिका,इजरायल, रुस र चीन पनि सदस्य नभएकोले उनीहरु दुबैले यो न्यायालयलाई मान्यता पनि दिइरहेका छैनन् । आईसीसीका सदस्य देशहरूले गिरफ्तारी वारेन्टमा आफ्नो सीमाभित्र रहेर कारबाही गर्न सक्दछन् । तर यसमा गिरफ्तार नै गर्न बाध्य भने हुँदैनन् । सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको थियो । कार्यान्वयन भने १९ जनवरीदेखि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *