विद्यार्थी सवार बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु, घाइतेमध्ये २७ जना अस्पतालबाट डिस्चार्ज

देश/विदेश वाग्मती प्रदेश

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । स्कुल व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिकनिक गएर फर्किँदा बुधबार दुर्घटनामा परेको हो ।

चाबहिलस्थित एसएस एकेडेमीको बा.२ ख ७०५८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको र घटनामा परी एसएस एकेडेमीमा अध्ययनरत एक जना बालिकाको अवस्था गम्भीर रहेकोले उनको उपचार मेडिसिटी अस्पतालमा भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइते भएकामध्ये २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्य १५ नजना घाइतेहरूको पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल कलेजमा र टिचिङ अस्पतालमा उपचार हुँदैछ ।

सुन्दरीमाई यातायात सेवाको सो बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ । बस सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय मनिष माझीले चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *