काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट प्रहरीले सुनसहित दुई भारतीय पक्राउ

विविध समाचार

काठमाडौं । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट ३१८ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बसको स्लिपर सिटमा महेश अम्रुतले आफू सुतेको सिरानी मुनि कागजमा बेरेर ल्याएको अवस्थामा सुन भेटिएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय महेश अम्रुत मानि र २४ वर्षीय राहुल खंडु सरकला छन् । बा.प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुवाहक बसलाई लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्दा सुन भेटिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *