संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदबाट गुप्ताको राजीनामा

राजनीति समाचार

काठमाडौं । घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै,‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्समाननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहि पनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्म बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलार्इ हार्दिक धन्यबाद व्यक्त गर्दछु ।’भनि उल्लेख गरेका छन् ।

मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको प्रमाणसहितको उजुरी अख्तियारमा परेको छ । त्यस्तै उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ डिल गरेको अडियो समेत सार्बजनिक भएपछि मन्त्री गुप्ताको पद संकटमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *