दलहरु मनोनयन दर्ता गर्दै, स्वतन्त्रको चुनावी क्षेत्र एकिन छैन

राजनीति समाचार

काठमाडौं । विगत लामो समयदेखि गठबन्धन सरकारभित्र चल्दै आएको रस्साकस्सीको गाँठो बल्ल फुकेको छ । गठबन्धनभित्र सिट बाँडफाडमा कुरा मिलेपछि आज सबै दलका नेताहरु सम्बन्धित निर्वाचन आयोगमा आज १० बजेदेखि ५ बजेभित्र आफै उपस्थित भएर मनोनय पत्र दर्ता गर्न लागिपरेका छन् ।

यसरी निर्वाचनमा होमिने दलहरुले प्रदेश निर्वाचनको लागि ३३० र केन्द्रीय प्रतिनिधिको लागि १६५ चुनावी क्षेत्रमा आज मनोनयन दर्ता गर्दै छन् । उता स्वतन्त्र उम्मेदवारले कुन–कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने हुन् त्यो भने एकिन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *