काठमाडौं । आफ्नै गृह जिल्लाका बिपिन जोशी इजरायलमा हमास विद्रोहीको निशानामा पर्दा परराष्ट्र मन्त्रालयको नेतृत्व लिएको कांग्रेसले त्यसको पहल गर्न सकेको छैन । डा.आरजु राणाबाट सहयोग हुन्छ भन्ने आश गरेको परिवारले सरकारको समेत साथ पाएन । कांग्रेसको दलगत भ्रष्टाचारमा रमेश लेखक गृहमन्त्री कञ्चनपुरलाई आफ्नो निर्वाचन क्षेत्र र राजनीति धरातल ठानेकी डा. आरजु परराष्ट्र मन्त्री भएपछि केही आशा गरेका विपिनको परिवार आज पनि छटपटाइरहेको छ ।
प्रचण्ड सरकारमा कांग्रेस जोडिँदा परराष्ट्रमन्त्री बनाइएका नारायणप्रसाद साउदले त केही गर्न सकेनन् । बरु नारायण काजी श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि बिपिन जोशीको अवस्था इजरायली सरकार र हमास विद्रोहीसँग सम्बन्ध भएका मुस्लिम देशका शासकहरुसँगको सम्पर्कमा पुगेर विपिनको जीवन रक्षाको लागि परराष्ट्र मन्त्रालय स्तरबाट सम्बन्ध जोडेका थिए ।
आफ्नै गृह जिल्लाबाट डा.आरजु राणा परराष्ट्रमन्त्री भएर दर्जनौंपटक विदेश जाने आउने गरिन् । देशको हितमा कूटनीतिक सम्बन्ध डा.राणाले बढाएको पाइँदैन । तर त्यो पीडित परिवारको रसाएका आँखा बन्द भएर खुसीको लहर ल्याइदिन्छिन् कि भन्ने आश थियो । तर, त्यो कागज मै सिमित हुन पुगेको छ ।
कांग्रेस र एमाले गठबन्धनको विश्वास गुमेकै कारण बिपिनकी आमा र बहिनी इजरायली देशसम्म पुगेका छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रले साथ दिँदै गर्दा परराष्ट्र मन्त्रालय बेखबर बनेको छ । केवल मन्त्री विदेश घुम्ने देशको लागि सिन्को नभाँच्ने भएपछि आरजु राणाका पार्टी भविष्यमा यता न उति हुने देखिन्छ । कांग्रेस मिसन २०८४ मा जोगिने छाँटकाँट छैन । किनकि कांग्रेसभित्र राणा शासन चलेको छ । समयमा महाधिवेशन नगर्ने संविधान र निर्वाचन आयोगको कानूनको धज्जि उडाउने सभापति देउवा रणनीति छ ।
कांग्रेसले विपिन जोशीहरूको बारेमा गम्भीर चासो लिएर कुटनीतिक तहमा सम्बन्ध बढाउन सकेको थियो भने । परराष्ट्र मन्त्री प्रति जनता हाईहाई हुने थिए । तर, डा. आरजु राणा परराष्ट्र मन्त्री बनेको एक वर्षको अवधिमा ५० औं पटक विदेश भ्रमण्म गरेर राज्यको ढुकुटी दोहोन गरिरहेकी छिन् ।

