काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार दल कांग्रेसले साथ नदिँदा बद्नाम मन्त्रीहरु हटाउन सकेका छैनन् । प्रधानमन्त्री ओलीले पनि त्यस्ता बदनाम मन्त्रीहरुलाई बदलन सकेका छैनन् । बरु तिनै बदनाम मन्त्रीहरुको संरक्षण गरिरहेका छन् । बदनाम मन्त्रीहरु कै कारण प्रधानमन्त्री ओलीको कद घट्दै गएको छ ।
कांग्रेसको बदनाम ऊर्जामन्त्री दीपक खड्काले गरेका छन् । पर्यटनमन्त्रीको क्यासिनो लाइसेन्स मोह, खेलकुदमन्त्रीको कार्यक्षमतामा प्रश्न, कानुनमन्त्रीको रौतहट काण्डका नायक जेल मिनाहाको योजनाहरु कांग्रेस बद्नाम भएको विषयहरु हुन् । एमाले र कांग्रेस मिलेर देशको समृद्धि चलाउने कुरा त गरे, भ्रष्टाचार र बेथितिमा समृद्धि कांग्रेस र एमाले सरकारले गराएकै छ । तर जनतालाई महंगी र हाहाकारमै दबाएका छन् ।
राजनीति शुद्ध थियो भने अनुशासन सबैतिर हुन्थ्यो । प्रधानमन्त्रीका कतिपय कुरा एकलौटी छन्, जहाँ सामूहिकता छैन । पार्टीमा आफ्नो एकछत्र देखाएर विधान मिचि रहेका छन् । पूर्व राष्ट्रपतिले पुन राजनीतिमा फर्कन खोज्दा गरिब देशका धनी नेताले प्रतिबन्ध लगाउँदै छन् । कांग्रेसका राष्ट्रपतिले कांग्रेसको स्वार्थमा एमालेकी राष्ट्रपतिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको स्वार्थमा काम गरेकथिइन् । तर अहिले एमालेमा विद्या भण्डारी नअटाउने भएकी छिन् ।
सरकारमा रहेका एमालेका मन्त्रीहरू दामोदर भण्डारी, बलराम अधिकारी बढी विवादमा परेका छन् । सञ्चार मन्त्री कम विवादमा परेका छन् । भौतिक मन्त्री उठाउनमा व्यस्त छन् । क्षामन्त्रीको काम प्रधानमन्त्रीको जय भन्नमै केन्द्रित छ । आज वामपन्थी एकताको खाँचो छ । त्यसको अगुवाई एमालेले गर्नुपर्ने थियो । तर वामपन्थीहरू जुँगाको लडाईमा छन् ।
वाम सहकार्य माओवादीले गर्ने भन्दैछ । एमालेबाट फुटेर गएको एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद नत्याग्ने भन्दा महाधिवेशनले पारित गरेको समाजवादी धार झलनाथ र घनश्याम भुसालसँग केन्द्रित भएको छ । पार्टीभित्र अराजक अविश्वास अस्थिरताको बढ्दै गएको छ । बामदेवलाई बोकेर माधव नेपालले कस्तो पार्टी बनाउने छन् पर्खनै पर्छ ।
नेता मात्रै छन् ,संगठन छैन ।२०८४को निर्वाचनमा एक्लै भिड्ने आँट कसैसँग छैन । माओवादी र एमालेको लडाइँले कांग्रेसलाई फाइदा पुग्छ । तर त्यो कांग्रेस पनि टिकट बाँड्दा आन्तरिक घात अन्तर्घात नहोला भन्न सकिँदैन । एमाले र माओवादी मिल्दा मधेसी दलहरूको हालत कस्तो हुन्छ २०७४ को निर्वाचनमा देखियो । राप्रपाको बिउ सडकमा भएपनि संसदमा अब नहुन सक्छ । किनकि लोकतन्त्र मासेर पुन राजा ल्याउने मत बलियो छैन । कांग्रेसलाई साइजमा राख्न प्रतिगामी शक्ति घटाउन पनि बामपन्थीहरु शक्ति र आवश्यकताको आधारमा एक हुनैपर्छ ।

