काठमाडौं । एजेण्डा एउटै तर व्यक्तिगत टसलका कारण कमल थापा, राजेन्द्र लिङदेन, नवराज सुवेदी हुँदै धवलशमशेर जबरासम्म राप्रपाभित्र टुक्रा टुक्रा हुन पुगेका छन् ।
आ–आफ्नो पक्षका नन्दीभृंगीहरुलाई मिलाउन पूर्व राजा ज्ञानेन्द्रले चासो लिन छाडेका छन् । सुवेदीसँग महामन्त्री धवल शमशेरको टिम मिले पनि पार्टीमा राजेन्द्रले चलाएको गुटबन्दीले कास्कीमा पनि हलचल ल्याएकै छ । कमल थापादेखि दुर्गा प्रसाई खुशबु ओलीसम्मलाई पार्टीमा मिलाउने र आफ्नो टिम बलियो बनाउने लिङदेनको दाउ कति सफल हुन्छ निश्चित छैन । तर राप्रपा विधिवत रुपमा तीनतिर भएको छ । धवलसँग महामन्त्री कुन्ती शाहीदेखि विक्रम पाण्डेदेखि काठमाडौँका विक्रम थापासम्म एक हुँदैछन् । अध्यक्ष राजेन्द्र घेरिदै छन् ज्ञानेन्द्रले अनुगमन गर्दैछन् ।
पञ्चहरूको एजेण्डा राजा ल्याउने हो । तर आफै मिल्न नसक्दा कार्तिक १७ गते रूपन्देहीको सांसद पद गुम्ने निश्चित छ । पहिला कांग्रेस र अरु बामपन्थी मिल्दा एमालेले झापा, चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र बाँके जिल्लाबाट त्यो राप्रपा राष्ट्रिय पार्टी भयो ।
जुम्लामा ज्ञानेन्द्र शाहीले कांग्रेस र कम्युनिस्टको धज्जी उडाएर निर्वाचित भए । पूर्व राजालाई ठगेर हिन्दुत्वको नाममा देश दौडिएका कमल थापाले एमालेको चुनाव चिन्ह लिँदा पनि जमानत बचाउन कठिन भयो । पूर्वपञ्चमा पञ्चायतले उत्पादन गरेका निरञ्जन थापा, दीपक बोहराको क्रियाशीलता कमल थापाको जस्तो लज्जाजनक थिएन । अहिले पूर्वपञ्चहरूको रागले पशुपति शमशेर जबरा, प्रकाशमान सिंह, बुद्धिमान तामाङ समेत पीडित बनेका छन् ।

