काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवालाई पार्टी सुधारमा चासो छैन । बाग्मती प्रदेशमा उनकै विचौलिया बहादुर सिंह लामा र इन्द्र बानियाँबिचको सत्ता लेनदेन आफैं भित्रको बद्नामी हो । वरिष्ठ नेता डा.शेखरले भ्रष्टाचारमा डुबेका र पार्टीको बद्नाम गरेका जोसुकै मन्त्री हटाएर नयाँलाई मौका दिने भनेता पनि संस्थापनले एक कानले सुन्ने र अर्को कानले उडाई दिने काम हुँदै आएको छ । कूटनीति क्षेत्रमा शून्य डा.आरजु देउवलाई उपप्रम दिएर ओली सरकारको बाँकी समय बिताउने दाउमा संस्थापन पष रहेको छ ।
डा. शेखरले आफ्नो टिमका रामनाथ अधिकारी, बद्री पाण्डे, रामचन्द्र पौडेलका तेजुलाल चौधरी, डा. शशांकका दीपक खड्कालाई मन्त्री पदबाट फिर्ता गर्न दबाब दिए । तर सभापतिको ध्यान गएन कांग्रेस अराजकताको भण्डार हो ।
समयमा महाधिवेशन गर्नुपर्छ भन्दै महामन्त्री गगन थापाले जे बोल्छन् त्यसको सुनवाई भएकै छैन । डा शेखर कोइराला त्यही भन्छन् । तर क्रियाशील सदस्यकै विवाद मिल्दैन । ३ वर्ष अगाडिको चुनावको घात अन्तर्घातको छानबिन गर्ने नाममा डा. शेखर पक्षका मात्र छानेर भएको कारबाहीको प्रतिवाद र विद्रोह देशभर चर्किएको छ । त्यो कांग्रेसका भष्मासुरको रुपमा प्रकाशमान सिंह समेत बदनाम भए ।
कांग्रेसका मन्त्रीहरुमा पार्टीको इज्जत बचाउने स्वास्थ्यमन्त्री प्रदीप पौडेल र कृषिमन्त्री रामनाथ अधिकारी मात्र हुन् । कामको मूल्यांकन नहुने आफ्नो अर्काे छुट्याउने व्यवहार लोकतन्त्र र विधिको शासनमा झांगिएको छ । कृष्ण सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठहरुको जमघट र प्रकाशमान सिंह, डा.शशांक कोइरालाको गठबन्धनले संस्थापन मजबुत बन्दैछ भन्ने सन्देश दिन खोजेको छ । त्यो सन्देश जनताको सेवाभन्दा लुटतन्त्रमा केन्द्रित हाबी भएको छ ।
डा.सुनिल शर्माले मर्नुपर्छ जनतामाथि पाप नगरौं, भनि रहेकै छन्, अब कांग्रेस कोइराला वंशमै फर्काउनु पर्छ, यो गतिहीन नेतृत्वको दिन सकिन लागेको भन्दै छन् । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा मात्र होइनन्, प्रदीप पौडेल, गुरुराज घिमिरेसम्मको गठजोडले कांग्रेसभित्र भाडभैलो हुँदैछ । वर्तमान गठबन्धन फेर्ने र नेतृत्व लिने को होडबाजी त्यत्तिकै चलिरहेको छ । प्रधानमन्त्री केपी ओलीले महिला प्रधानमन्त्रीको पासा फाल्नु अर्काे बबण्डर नहोला भन्न सकिँदैन ।
