काठमाडौं । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि पछिल्ला वर्षहरूमा एन्टीबायोटिकरहित अण्डा उत्पादन भएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग नगरेकाले एन्टीबायोटिकरहित अण्डा उत्पादन भइरहेको जनाएको हो । पछिल्लो समय दाना र पानीमा प्रयोग हुने एन्टीबायोटिक (एजीपी) रोकिएपछि अब कुखुरालाई भ्याक्सिन दिइने र खोरमा हर्बल सामग्री खुवाइने गरिएको छ । यसले अण्डामा कुनै अवशेष पुग्ने नगरी रोग नियन्त्रणमा मद्दत गर्ने समेत जनाएको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार सङ्घभित्रका फार्महरूले एन्टीबायोटिक प्रयोग नगरेको पुष्टि गर्दै गुणस्तरीय अण्डा उत्पादनमा जोड दिइएको बताउँदै जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै भ्याक्सिन र हर्बल प्रयोगमार्फत सुरक्षित अण्डा उत्पादनलाई प्राथमिकता दिइएको उल्लेख गरेको छ ।
