काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० गतेदेखि सुरु हुने भएको छ ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी करिब पुरा भएको केन्द्रीय कार्यालयले जनाएको हो। भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनमा प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ ।
दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । ती मध्ये पार्टी छोडेका, मृत्यु भएका र कारबाहीमा परेका नेताको नाम सूचीबाट हटाइएको छ ।रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन । भने अर्कोतिर दशौं महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकालाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उनीहरु आयोजकको हैसियतमा रहने केन्द्रीय कार्यालयले जनाएको छ । महाधिवेशनमा दुई हजार ३४ जना प्रतिनिधीसहित दुई हजार तीन सय ४९ जना सहभागी हुँदैछन् ।
