मरक्युर होटलमाएनआइसी एसियाका ग्राहकलाई छुट

अर्थ/वाणिज्य समाचार

काठमाडौं : मरक्युर होटलले एनआइसी एसिया बैंकका ग्राहकलाई विशेष छुट दिने भएको छ । होटल र बैंकबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले होटेलले प्रदान गर्ने सेवामा छुट पाउने भएका हुन् ।

द्विपक्षीय समझदारीसँगै बैंकका ग्राहकले होटलको आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *