काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारी दरबन्दी घटाउने, कर्मचारीले पाउँदै आएको सेवासुविधा कटाउने र सञ्चारमाध्यमले पाउँदै आएको सन्देशमुलक सूचना कटौती गर्ने उर्दी जारी गरेर खर्च कटौतीको नाममा व्यापारीहरुलाई पोषाउने काम गरेका छन् । त्यसले गर्दा कर्मचारी र सञ्चारकर्मीहरु मन्त्री खनालसँग रुष्ट बनेका छन् । तर, मन्त्री खनालको काम भने विदेशीहरुलाई रिझाउने र भारतीय व्यापारीहरुलाई पोषाउने भएको छ ।
जेनजी पुस्ताको आन्दोलनबाट अर्थमन्त्री बनेका खनालले ती सहिदहरुको सपना चकनाचुर पार्दै लगेका छन् । किनभने जेनजी आन्दोलनबाट क्षति भएका सवारी साधनदेखि अन्य भौतिक संरचना मर्मत र संभारको लागि व्यापारीहरुलाई फाइदा पु¥याउने र सर्वसाधारण जनतालाई मारमा पार्ने काम मन्त्री खनालले गरेका छन् ।
अर्थमन्त्री खनालले अर्थतन्त्र बलियो बनाउने नाममा व्यापारीहरुलाई पोस्ने गरी बुँदागत योजना प्रस्तुत गरेका छन् । खनालले ल्याएको योजनाले आन्दोलनका क्रममा ज्यान गुमाउने जेनजीका परिवार र घाइतेहरुलाई समेटेको पाइँदैन । खनालले खाली उद्योगी, व्यापारीहरुलाई मात्रै केन्द्रमा राखेर उनीहरुलाई फाइदा पुग्ने बुँदागत योजना प्रस्तुत गरेका छन् ।
(क) जेनजी आत्मकथाको क्रममा सिजन भुक्तानी असामान्य परिस्थितिबाट प्रभावित उठान, व्यापर, व्यवसायिक प्रतिबन्ध तथा आर्थिक कठिनाई भुक्तानीका लागि आवश्यक वा तोडफोडबाट भवन, फर्निचर, जनन र यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये विमा सर्वेको प्रतिवेदनबाट यकिन भएको मालवस्तुको विवरणको आधारमा सोको पुनस्थापना तथा सञ्चालनको लागि यस्तो मालवस्तु आयात गर्दा लाग्ने भन्सार महशुल तथा अन्तशुल्कमा आर्थिक ऐन २०८२ को दफा १८ को उपदफा १ बमोजिम ५० प्रतिशत छुट दिने
(ख) भन्सार महसुल ऐन, २०८१ को अनुसूची ४ को दफा ६ को उपदफा (३) को खण्ड उल्लिखित भन्सार महसुल छुट सुविधा एक पटक उपभोग गरिसकेका तारे होटलहरुमा आन्दोलनका क्रममा क्षति भएको भएमा यसरी क्षति भएका मालवस्तुहरु मध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको मालबस्तुको विवरणको आधारमा दोहोरो सुविधा उपलब्ध नहुने गरी सोको पुनस्र्थापना तथा सञ्चालन गर्न पुनः एक पटक त्यस्ता मालवस्तु आयात गर्दा लाग्ने भन्सार महसुलमा भन्सार महसुल ऐन, २०८१ को अनुसूची ४ को दफा ६ को उपदफा (३) को खण्ड (च) मा उल्लिखित भन्सार महसुल छुट सुविधा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम प्रदान गर्ने ।
(ग) कुनै व्यक्तिले आर्थिक वर्ष २०८२÷८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिने ।
(घ) जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानको नोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा सर्जमिन मुचुल्का सहितको मूल्याङ्कनका आधारमा सम्वन्धित करदाता स्वयंले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराई आयकर ऐन, २०५८ बमोजिमको व्यापार मौज्दातको लागत खर्च कट्टी तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करकट्टी लिन सक्ने सुविधा प्रदान गर्ने।
२. वन तथा वातावरण मन्त्रालयले गर्ने गराउने
नेपाल सवारी प्रदुषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भैसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा २०८२ साल मङसिर १५ गते सम्मका लागि पूर्ववत् मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति प्रदान गर्ने।
क) जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योगी, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका ऋणीले तिर्नुपर्ने साँवा तथा व्याजको भुक्तानी गर्नुपर्ने अवधि थप गर्ने।
(ख) जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योगी, व्यापारिक, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनस्र्थापना गरी सञ्चालन गर्न आधार दरमा बढीमा शून्य दशमलव पाँच प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराउने।
(ग) जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिहरुमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनको क्षति भइ नयाँ खरिद गर्नुपर्ने भएमा बैंक कर्जामा कर्जा मूल्य अनुपात (ीयबल तय खबगिभ चबतष्य) कम्तिमा ८० प्रतिशत हुने व्यवस्था मिलाउने ।
(घ) जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न बैकिङ्ग प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउने भएमा आधार
दरमा बढीमा शून्य दशमलव पाँच प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्ने र सो कर्जामा राष्ट्रिय पुनर्निर्माण कोषबाट छ महिनाको लागि २ प्रतिशत अनुदान उपलब्ध गराउने ।
(ङ) दशैं विदा बाहेक अन्य विदाको समयमा व्यापार सहजीकरण गर्ने कार्यालय, बैंक तथा वित्तीय संस्था र राजस्व संकलन गर्ने कार्यालयबाट नियमित सेवा सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने ।
४. नेपाल बीमा प्राधिकरणले गर्ने गराउने
(क) जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा नोक्सानी भएका भवन, सवारी साधन, माल, बस्तु तथा यन्त्र उपकरण लगायतका वस्तुको क्षतिको प्रारम्भिक प्रतिवेदनको आधारमा बीमा वापतको अनुमानित क्षतिको बढीमा पचास प्रतिशतले हुन आउने रकम अग्रिम रूपमा यथाशीघ्र भुक्तानी गर्ने। यसरी सिर्जना हुने दावी भुक्तानीको लागि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउने।
(ख) बीमा कम्पनीले बिमितलाई दावी भुक्तानी गर्नका लागि पुनर्बीमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रूपमा बढीमा पचास प्रतिशत सम्म रकम उपलब्ध गराउने व्यवस्था मिलाउने ।

