नेपालमा जुनसुकै दल र वादीहरुले सरकार सञ्चालन गरे तापनि देशलाई निकासा दिने स्पष्ट खाका ल्याउन सधैं चुकेका छन् । प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा पनि दलहरु देश र जनताको हितमा काम गर्न चुक्दै गएका थिए । दलका नेताहरु खाली पार्टीको आन्तरिक लडाईँ र नातावाद, कृपावादमा लाग्दा पार्टी नै तहसनहस बनाउँदै लगेका थिए । देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक र आर्थिक समस्याहरु दिनप्रतिदिन बड्दै गएको थियो । भएका उद्योगधन्दा बन्द हुँदै गएका थिए । नयाँ उद्योगहरु सञ्चालनमा ल्याउन पनि सकेका थिएनन् ।
शैक्षिक पाठ्क्रममा नैतिक शिक्षाको अभाव खड्किएको छ । समयअनुसार गुणस्तरीय र सीपमूलक शिक्षाको अभाव त्यत्तिकै छ । व्यवहारिक र व्यवायिक शिक्षाको अभावले बेरोजगारीको समस्या बढिरहेको छ । अन्य मुलुकहरुमा व्यवसायिक र सीपमुलक शिक्षाको व्यवस्था छ । त्यसले गर्दा एसईई उत्तिण गरेपछि विद्यार्थीहरु व्यवसायिक बन्छन् ।
तर, नेपालमा व्यवसायिक शिक्षाको अभावले गर्दा विद्यार्थीहरुमा व्यवहारिक ज्ञान छैन । नेपालमा उद्योग धन्दा र व्यवसायिक शिक्षा नहुँदा विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न र रोजगारीको लागि विदेशिने गरिरहेका छन् । तर, नेपालका राजनीतिक दलहरु भने आन्तरिक झगडामा रुमलिने, पार्टी फुटाउने, सरकार बनाउने र गिराउने खेलमै व्यस्त हुने गरेका छन् । नेपालका राजनीतिक दलहरुको क्रियाकलापकै कारण जेनजी पुस्ताको आन्दोलनले मुलुक नै छिन्नभिन्न हुने अवस्थातिर धकेलिएको छ ।
नेपालका नेताहरु राजनीतिक दल फुटाउने, नयाँ दर्ता गर्ने, चुनाव आउन लागेपछि एक÷आपसमा गाभिने, पार्टीमा पद नपाउँदा नयाँ दल दर्ता गर्ने, भेगीय, क्षेत्रीय र जातीय राजनीतिमा रमाउने परम्पराको विकास भएको छ । वर्षैपिच्छे वादी, व्यक्ति र समूहको नाममा नयाँ दल दर्ता गर्ने रोगले नेपाली समाजलाई गाँजेको छ । त्यसले गर्दा नेपालमा सधैं अस्थिरता भइरहने र त्यसको आडमा विदेशीहरुले लेख्ने गरेका छन् । त्यसको उदाहरण बनेको जेनजी पुस्ताको आन्दोलन ।
जेनजी पुस्ताको नाममा बारबरा फाउन्डेसनले काठमाडौंंका मेयर बालेन्द्र शाह बालेनलाई प्रयोग गरेर नेपाललाई तहसनहस बनाउने काम भएको थियो । तर, नेताहरुले त्यस्ता विषयमा ध्यान नदिएर पार्टीभित्रको आन्तरिक झगडामा रुमलिएर अस्थिरता निम्त्याउने काम गरिरहेका छन् । त्यसले गर्दा विदेशी शक्तिहरुले नेपालमा खेल्ने मौका पाएका छन् । विदेशीले खेलेसँगै नेपाललाई अस्थिरतातिर धकेल्ने काम हुँदै आएको छ । राजनीतिक दलका नेताहरु मुकदर्शक बनेर बसिरहेका छन् ।
यदि मुलुका राजनीतिक दलहरुले आफू सत्तामा पुगेको बेला नातावाद, कृपावाद र परिवारवादमा नलागेर विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको व्यवस्थापनमा ध्यान दिएको भए आज देशले यो दूर्गति भोग्नुपर्ने थिएन । जेनजी पुस्ताको लागि देशमा रोजगारी भएको थियो भने आजको ध्वंसात्मक आन्दोलनको सामना मुलुकले गर्नुपर्ने थिएन । त्यसले गर्दा नेपालका राजनीतिक दलका नेताहरुले आगामी दिनमा सच्चिएर अगाडि बढ्नुपर्ने देखिन्छ । आगामी फागुन २१ ह प्रतिनिधि सभा निर्वाचनमा पुरानै दलहरु निर्वाचन भएको खण्डमा हिजोको भन्दा फरक ढंगले जेनजी पुस्ताको मागलाई समेटेर सरकार सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
