बजारमा अखाद्य वस्तुको विगविगी, मन्त्री र महानिर्देशकहरु रमिते

राजनीति समाचार

काठमाडौं । अनिल कुमार सिन्हाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालय सम्हालिई रहँदा बजारमा अखाद्य वस्तु मिसावटसँगै कालोबजारीयाहरु चम्किएका छन् ।

बजारभरि अखाद्य मिसावट गरिएका खाद्य सामग्रीहरु महंगो मूल्यमा विक्रीवितरण हुँदा पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक रोशन ज्ञावाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ मुकदर्शक बनेर बसिरहेका छन् । बजारमा खाद्यान्नदेखि लत्तकपडा, फलफूल र तरकारीको मूल्य विचौलिया र व्यापारीहरुले मनलाग्दी बढाएर विक्रीवितरण गरिरहँदा महानिर्देशक र अध्यक्ष भने गुमनाम बन्न पुगेका छन् । गुमनाम मात्रै बनेका छैनन् विचौलिया र व्यापारीहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिने गरेको बताइन्छ ।

अखाद्य वस्तु मिसावटसँगै तरकारी र फलफुलमा विषाधि त्यत्तिकै प्रयोग गर्ने गरिएको पाइन्छ । तर, जेनजी आन्दोलनको बलबाट बनेको सरकारले न त अनुगमन गर्न सकेको छ, न त कर्मचारीलाई चलायमान बनाउन सकेको छैन । अर्कोतर्फ मासुजन्य वस्तु तयार गर्ने बध शाला र कोल्डस्टोरहरु फोहोर र दूर्गन्धित छन् । त्यसैगरी दूधजन्य पद्धार्थमा पनि केमिकलयुक्त पाउडर प्रयोग गरिएको पाइन्छ । दूध, दही, मोही, घिउ, पनिर उत्पादन गर्ने डेरीहरुमा पनि गुणस्तरहीन र फोहोर पानीको प्रयोग गरिएको पाइन्छ ।

त्यस्तै विभिन्न पानी कम्पनीहरुले विक्रीवितरण गर्ने पिउने पानीका जारमा किरा, फोहोर, लेउ, भुसुना, र कपाल भेटिने गरेका छन् । त्योसँगै पानी प्रशोधन गर्दा पनि मानव स्वास्थ्यलाई हानीनोक्सानी पु¥याउने केमिकलहरु प्रयोग गरिएको पाइन्छ । उतपादन गर्ने कम्पनीहरुले पानी कहाँबाट ल्याउँछन्, कस्तो पानी ल्याएर जारमा वितरण गर्छन् भन्नेतिर सम्बन्धित निकायको ध्यान गएको पाइँदैन ।
कतिपय पानी कम्पनी सञ्चालकहरुले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका विपरित सञ्चालन गरिएको पाइन्छ । कतिपय मिनरल वाटर कम्पनीहरु उद्योग विभागमा दर्ता भएको पनि पाइँदैन । दर्ता भएकाहरुले पनि मापदण्ड पुरा गरेको पाइँदैन । त्यसले गर्दा सर्वसाधारणको स्वास्थ्यमाथि सरकारले खेलवाड गर्ने काम गरिरहेको देखिन्छ ।

अर्कोतर्फ गुणस्तरहीन मदिराजन्य पद्धार्थहरु व्यापक रुपमा विक्रवितरण हुँदा पनि त्यसको अनुगमन गरेको पाइँदैन । कतिपयले त गुणस्तरहीन मदिरा उत्पादन गरी नक्कली स्टिकर प्रयोग गरी विक्रीवितरण गरिरहेका छन् । त्यस्ता गुणस्तरहिन रक्सी उत्पादक कम्पनी, डिलर र पसलेहरुले नक्कली स्टिकर बनाएर आफूखुसी मूल्य निर्धाण गरी बजारमा ल्याएका छन् । त्यस्ता मदिराहरु गुणस्तरहिन हुने गरेको पाइन्छ । जसले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ । तर, सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरु अनखेदा भएर बसिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *